• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१५ दिनदेखि एक्सरे, एम्बुलेन्स सेवा ठप्प

July 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१५ दिनदेखि एक्सरे, एम्बुलेन्स सेवा ठप्प

दाङ, १५ साउनः दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।
पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।
गत असार ३२ गते कर्मचारीको व्यवस्थापन बिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भरमा अस्पतालमा करारमा रहेका नौ जना कर्मचारीलाई एकै पटक अवकाश दिएको थियो ।
अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेश कुमार गुप्ताले बताउनुभयो ।
करारमा रहेका कर्मचारीले छाड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूलाई पूर्व जानकारीबिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाश प्राप्त कर्मचारीले गुनासो गरेका छन् ।
अस्पतालमा २० वर्षसम्म सेवा गरेका कर्मचारीलाई बिना पूर्वजानकारी अवकाश दिइएको उनीहरुको आरोप छ । यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने अस्पतालमा कार्यरत कर्मचारी हटाइएको बारेमा जानकारी नभएको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक–संसदमा संशोधन दर्ता
Next article भरतपुर अस्पताललाई देशकै नमूना बनाउने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web