• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

September 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

हेल्थ टुडे,

काठमाडौं, १४ असोज : देश भरिका जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचनमा श्रीकृष्ण भट्ट नेतृत्वको प्रजातान्त्रिक समूह बिजयी भएको छ । निर्वाचनमा सत्तानिकट बाम गठबन्धन पक्षिय डा. मोहनकृष्ण श्रेष्ठको समूह पराजित भएको छ । भट्ट केही महिनापहिले मात्र सरकारी सेवाबाट निवृत भएका पूर्व जनस्वास्थ्य प्रशासक हुन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारीमा प्रजातान्त्रिक पेशागत समूहले विजय हासिल गरेको छ भने सचिव र तीन सदस्य प्रगतिशीलले जितेको छ ।  शनिबार सम्पन्न मतदानको परिणामअनुसार भट्टले ६०४ मत ल्याए । प्रगतिशील समूहका श्रेष्ठले ५२७ मत ल्याएका थिए । २८ वर्ष पुरानो संस्था नेफामा नेतृत्व हत्याउन सत्ताको व्यापक दुरुपयोग गरे पनि अन्ततः मतपरिणाम आफूहरुकै पक्षमा आएको भनाई पेशागत समूहको छ ।

मत परिणामअनुसार उपाध्यक्ष पदमा कृष्णमान शाक्य, महासचिव महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तर २७३ ले विजयी भए ।

यसैगरी सचिवमा दिपेन्द्र खड्का, कोषध्यक्षमा विनोद जोशी, सह कोषध्यक्षमा सञ्जिवकुमार साह विजयी भएका छन् । समावेशी सदस्य तर्फ विमला भट्ट, रोशन लामा र प्रजिता मालि विजयी भएका छन् ।

सदस्यमा रविकान्त मिश्र, कमल रानाभाट, कैलश श्रेष्ठ, निधुराम टंगाल, राजनबाबु सिलवाल र रामचन्द्र साह  विजयी भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  
Next article अब एमडीजिपीको पढाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132084
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web