• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रीका ३४ दिनमा १३ काम 

August 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रीका ३४ दिनमा १३ काम 

वीर अस्पतालमा उपचार गराइरहेका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले मन्त्री भएको एक महिनामा आफुले गरेका कामहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेकाछन् । हरेक महिना अन्तरक्रिया मार्फत आफ्नो कामको समिक्षा र उपलब्धी सार्वजनिक गर्ने कार्य योजना रहे पनि विरामी परेकाले  बस्नु परेका कारण यो महिना अन्तरक्रिया हुन नसकेकोले अस्पतालको शैयाबाट विज्ञप्ति मार्फत जानकारी गराएको मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

१. प्राकृतिक प्रकोप ९तराईको बाढी र पहाडमा पहिरो० का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या ९सरुवा रोग र महामारी० लाई व्यवस्थापन गर्न आवश्यक विपत् व्यवस्थापन समिति गठन, स्वास्थ्यकर्मी परिचालन, औषधी व्यवस्थापन र निशुल्क स्वास्थ्य शिविर सञ्चालनको कामलाई सरकारी, गैर–सरकारी, तथा स्वयंसेवी संस्थाहरुसँग समन्वय गरी  तिव्र र प्रभावकारी बनाईएको छ । प्रभावित क्षेत्रमा पर्याप्त चिकित्सक पठाइएको छ । आवश्यकताका आधारमा थप चिकित्सक तयारी अवस्थामा राखिएको छ । विपत् आएपछि महामारीको सामना गर्ने भन्दा पनि महामारी आउन नदिने गरि काम गर्न निर्देशित गरिएको छ ।

२. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुरुपको स्वास्थ्य नीति तर्जुमाको लागि  स्वास्थ्य मन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्च स्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिती गठन गरिएको छ । जसको कार्यकारी उपाध्यक्षमा डा। महेश मास्के, सदस्यहरुमा डा। बद्रीराज पाण्डे, डा। सरद वन्त, डा। सेनेन्द्रराज उप्रेती, डा। पदम बहादुर चन्द, डा। वाई पी। सिंह, दया लक्ष्मी वैद्य, डा। बासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा। किरण रेग्मी सदस्य सचिव रहनु भएको छ । समितिले १ सदस्य पछि मनोनयन गर्ने छ ।

३. स्वास्थ्य विमा विधयेक २०७४ सम्मानित सदनमा पेश भई महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितीमा छलफलको क्रममा रहेको छ ।

४. आर्थिक वर्ष २०७३÷०७४ मा गरिब घर परिवार पहिचान भएका २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना अनुरुप ११ जिल्लामा मात्र कार्यक्रम लागू भएको सन्र्दभमा बाँकी १४ जिल्लामा यसैं वर्ष बिस्तार गर्ने निर्णय गरिएको छ ।

५. स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद केन्द्रहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्नुका साथै ती ईकाइको अचल सम्पति र व्यवस्थापन समिती स्थानीय सरकारको जिम्मा रहने नीतिगत निर्णय भएको छ ।

६. उपत्यकाका केन्द्रिय अस्पताल र प्रदेश नं। २ का स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको उच्च स्तरीय अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा आवश्यक सुधार गर्न कार्य योजना सहित कार्यान्वयन प्रकृया प्रारम्भ गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षसँग छलफल, सहकार्य, नियमित अनुगमन जारी गरिएको छ ।

७. मन्त्रालय र मातहत निकायका व्यवस्थापकीय प्रमुख ९ निर्देशक, मेडिकल सुपरीटण्डेन्ट० को नियुक्ति कार्य सम्पादन करारका आधारमा गर्ने कार्य  नमुनाको रुपमा केही स्थानबाट प्रारम्भ गरिएको छ । यसलाई क्रमसः  बिस्तार गर्दै लगिने छ । जसमा अस्पताल प्रमुख ९मेडिकल सुपरीटेण्ड र निर्देशक० लाई गैर सरकारी स्वास्थ्य संस्थामा काम नगर्ने  प्रतिवद्धता गराईएको छ ।

८. जिल्लामा गठन भएका सामाजिक स्वास्थ्य सुरक्षा संयोजन समिति ९स्वास्थ्य विमा० हरुलाई राज्यको संघीय संरचना ९संघ, प्रदेश र स्थानीय तह० अनुरुप निर्माण गर्ने नीतिगत व्यवस्था भएको छ ।

९. मन्त्रालय स्तरीय विकास समस्या समाधान समितीको बैठक बसी निम्न विषयमा ठोस निर्णय लिन आवश्यक प्रक्रिया ९समिति गठन, सुझाव संकलन, समन्वय र कार्यान्वयन० को थालनी भएको छ   ।

९.क. नीजि स्वास्थ्य संस्थाहरुको नियमन, शुल्क, गुणस्तर तथा सुरक्षाको लागि कानुनी व्यवस्था गर्न विद्यमान शुल्क निर्धारण समितिले दिएको सुझावका आधारमा प्रकृया अघि बढाउन चिकित्सा महाशाखालाई जिम्मा दिइएको छ ।

९.ख. विपन्न नागरिकको निःशुल्क उपचार निर्देशिकाले नसमेटेका व्यक्तिहरुको समेत औषधी उपचारका लागि आर्थीक सहयोग दिने नीति बनाउन १५ दिन भित्र सुझाव पेश गर्न ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

९.ग. एक चिकित्सक एक संस्थाको नीति अनुरुप कार्यसम्पादन एवं प्रोत्सान भत्ता लागु गर्ने विषयमा सुझाव दिन उच्च स्तरीय कार्य समिति गठन गरिएको छ ।

१0. भुकम्पबाट क्षति भएका भवन निर्माणको लागि नक्सा पास शुल्क मिनाहा गर्ने र  महिला स्वास्थ्य स्वयम् सेविका, रातो कार्ड पाएका अपांग, एच।आई।भि। पोजेटिभ, बहुऔषधी प्रतिरोधात्मक क्षयरोगी र कुष्ठरोगीका परिवारको स्वास्थ्य बिमा सम्बधमा आवश्यक निर्णय लिन राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औ  बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

११. नेपालमा ३ सरुवा रोग ९टि।बी, मलेरिया, एड्स०को रोगथाम र उपचारमा सहयोग गरिरहेको ग्लोवल फण्डको सम्झौता  अवधि  मार्च, २०१८ मा सकिने सन्दर्भमा सो सहयोग अवधि ३ वर्ष थप गर्न नेपाल सरकारको आवश्यक प्रतिवद्धता सहित अनुरोध गरिएको छ ।

१२.  देशभरका १९६ वटै  प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाईएको छ । कहि कुनै कारणले चिकित्सक पुग्न नसकेको भए तुरुन्त पठाउने व्यवस्था मिलाईएको छ ।

१३.    २०७४ साउन २२ मा जारी गरिएको २६ बुँदे प्रतिवद्धता पत्रलाई स्वास्थ्य मन्त्रालयले आफ्नो मार्ग चित्रका रुपमा आत्मसात् गरी कार्यतालिका बनाई कार्यान्वयन प्रकृया थालिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महामारी निगरानी गर्न महोत्तरीमा एसएमएस रेपोटिङ
Next article औषधि व्यवस्था विभागका नाममा पुनः अन्तरिमआदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web