• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मौसमी रुघाखोकीका बिरामी बढे

November 12th, 2017 समाचार, स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मौसमी रुघाखोकीका बिरामी बढे

केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार कम्तीमा पनि दैनिक २० जना रुघाखोकी र ज्वरोका बिरामी भर्ना हुने गरेका छन् । तिहारयता उपत्यकामा मौसमी रुघाखोकीसँगै इन्फ्लुएन्जा एचवान एनवान फाट्टफुट्ट देखा परेको छ । मौसम बदलीको समयमा रुघाखोकीका बिरामी देखिने गर्छन् ।

एचवान एनवानसँग मिल्दोजुल्दो
पुनका अनुसार अधिकांश बिरामीमा इन्फ्लुएन्जा एचवान एनवानसँग मिल्दोजुल्दो लक्षण देखिने गरेको छ । ‘इन्फ्लुएन्जा ए, बी र सी गरी तीन प्रकार हुन्छन् । तर, तीनवटाको लक्षण भने एउटै हुन्छ’ डा. पुनले भने रुघाखोकी, ज्वरो आउँनासाथ इन्फ्लुएन्जा हो-होइन भनेर परीक्षण गरिँदैन । तर, इन्फ्लुएन्जा एचवान एनवान हुने सम्भावना भने धेरै हुन्छ ।’

रुघाले मात्रै ज्वरो र खोकी लाग्दैन
अहिले अधिकाश मानिसमा हाछ्यु आउने, नाकबाट पानी बग्ने, ज्वरो आउने, खोकी लाग्ने समस्या रहेको पुन बताउँछन् । ‘अत्यधिक खोकी लाग्ने, ज्वरो आउने समस्या सामान्य रुघाले मात्रै हुँदैन । टेकु अस्पतालमा मात्रै कम्तीमा दैनिक २० जना रुघा, खोकीका बिरामी आउने गरेका छन्,’ पुनले भने, ‘त्यसमध्ये केहीमा एचवान एनवान देखिएको छ ।’ १००.४ डिग्री फेरन हाईट ज्वरो आए, घाँटी दुख्ने, श्वास फेर्न समस्या हुने र ५ दिनसम्म निरन्तर ज्वरो आए यस्तो अवस्थामा एचवान एनवान परीक्षण गर्नुपर्ने पुनको भनाइ छ ।

चिकित्सकको सुझाब

डा. पुनले अहिले पनि मौसमी रुघा, खोकी एचवान एनवान देखिएको भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् । रुघा, खोकी र ज्वरो आएको अवस्थालाई सामान्य रूपमा लिन नहुने उनको सुझाब छ । ‘एकदम बढी ज्वरो आए, खोकी लाग्ने सँगसँगै श्वासप्रश्वासमा समस्या भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ,’ उनले भने, ‘बिरामीलाई १०० डिग्रीभन्दा कम ज्वरो भए आत्तिनुपर्दैन । घरमै बसेर झोलिलो खानेकुरा खाँदा हुन्छ ।’

(नँया पत्रिकाबाट साभार)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रहरी अस्पताल सर्वसाधारणकालागि खुल्ला
Next article साधन प्रयोग गर्नेमा नपढेका बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132210
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web