• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

साधन प्रयोग गर्नेमा नपढेका बढी

November 13th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साधन प्रयोग गर्नेमा नपढेका बढी

 

हेल्थ टुडे

काठमाडौ : परिवार नियोजनका साधन प्रयोग गर्नेमा पढेका भन्दा नपढेकाको संख्या बढी रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले परिवार नियोजनका साधन प्रयोग गरिरहेका मध्ये ५२ प्रतिसत नपढेका महिला पुरुष रहेको देखाएको छ । एसएलसीभन्दा माथिको शिक्षा हासिल गरेका ३४ प्रतिसतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । कुनै शिक्षा हासिल नगरेका महिला बन्ध्याकरण सेवा सबैभन्दा बढी २५ प्रतिसत अपनाउने गरेको पाइएको छ । सर्वेक्षणले ५३ प्रतिसत विवाहित महिलाले कुनै न कुनै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको देखाएको छ । ती मध्ये ४३ प्रतिसतले आधुनिक साधन र १० प्रतिसतले परम्परागत विधिको प्रयोग गर्ने गरेका छन् । सबैभन्दा बढी प्रयोग हुने साधनमा सबैभन्दा बढी महिला बन्ध्याकरण १५ प्रतिसत, तिन महिने सुई ९ प्रतिसत, पुरुष बन्ध्याकरण ६ प्रतिसत, खानेचक्की ५ प्रतिसत,कण्डम ४ प्रतिसत, इम्प्लान्ट ३ प्रतिसत र आईयूसीडी १ प्रतिसत छ ।

परिवार स्वास्थ्य महासाखाका डिल्लीरमण अधिकारीले परिवार नियोजनको ७० प्रतिसत सेवा सरकारी स्वास्थ्य संस्थाले प्रदान गरिरहेको, १९ प्रतिसत निजी स्वास्थ्य संस्थाले र ११ प्रतिसत गैरसरकारी संस्थाहरुले प्रदान गरिरहेको पाइएको बताए । सर्वेक्षणले २४ प्रतिसतले चाहेर पनि परिवार नियोजनका साधन प्राप्त गर्न नसकिरहेको देखाएको छ । सर्वेक्षणको राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले एक समारोहबिच सार्वजनिक गरेका हुन । कार्यक्रममा  स्वास्थ्य मन्त्रालयकी विशेषज्ञ सचिव डा. पुष्पा चौधरीले नेपलीको स्वास्थ्य अवस्था पछिल्लाा दिनमा सुध्रिदै गइरहेको सर्वेक्षणले समेत देखाएको बताउदै गुणस्तरीय स्वास्थ्य सेवाका लागि अझै सुधारको खाचो औल्याइन । अमेरिकी राजदुतावासका चार्जदी अफेयर्स माइकल सि. गोन्जालेले नेपालमा मातृ मृत्यु र बालमृत्यु दर घट्दै गइरहेको देखिएपनि अझै चुनौति बाकी रहेको बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मौसमी रुघाखोकीका बिरामी बढे
Next article जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132660
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web