• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्

हेल्थ टुडे,
काठमाण्डौ,७ मंसिर : धेरै मानिसहरू खुट्टा (खासगरी पैताला र कुर्कुच्चा) फुट्ने समस्याबाट पीडित छन् । माटोमा काम गर्ने, बिना जुत्ताचप्पल हिँड्ने वा लगाए पनि खुट्टाको नियमित सरसफाइको कमीका कारण यस्तो हुन्छ । तर कसैकसैलाई सहरबजारमा बिनाकाम बसे पनि वा खुट्टामा हेरचाह गरे पनि खुट्टा फुट्ने समस्या भइराखेको हुन्छ । यो समस्या महिला पुरुष दुवैलाई हुन्छ । प्रायः बढी उमेरका व्यक्तिहरूमा यो धेरै भएको पाइन्छ । यस्ता समस्याको लागि तलका नियमहरूलाई पालना गर्नुहोस् ।

१. प्रत्येक दिन बिहान बाल्टी वा बाटामा तातो पानी राखेर घुँडाभन्दा तल खुट्टा डुबाउनुस् । पानी थप्दै १५–२० मिनेटसम्म सहनसक्ने तातोपानीमा बस्नुहोस् । यसरी तातोपानीमा खुट्टा डुबाएपछि खस्रो खालको सफा ढुंगाले पैताला र कुर्कुच्चा फुटेको भागमा रगड्नुस् । (आजकल मेनिक्योर–पेडिक्योर सेट पनि किन्न पाइन्छ वा खुट्टा घोट्ने खस्रो ढुंगा पनि किन्न पाइन्छ । तर यस्ता खस्रो वस्तुले रगड्दा बिस्तारै गर्नुपर्छ ताकि घाउचोट नलागोस् वा सुन्निने दुख्ने नहोस् । खुट्टा घोट्नेलाई दुई दिन बिराएर गर्नुहोस् ।
२. प्रत्येक दिन सुत्नुभन्दा अघि गर्मीमा चिसोपानीमा र जाडोमा भए तातोपानीमा करिब पाँच मिनेट जति खुट्टा डुबाउनुस् र माड्नुस वा साबुनले खुट्टा धुने बानी बसाल्नुस् ।
३. खुट्टा धोएर पुछेपछि पैतालाको भागमा पेट्रोलियम जेली म्यासेलिन वा ग्लिसिरिन लगाउनुस र मल्ने गर्नुस् । करिब १०–१५ मिनेट जति पैंताला र कुर्कुच्चा तथा गोलीगाँठो माथिसम्म रगड्ने, थिच्ने र मालिस गर्ने गर्नुस् । ग्लिसिरिन वा भ्यासिलिनको सट्टामा गाईको घिउ वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ । मालिस गरेपछि गर्मी छैन भने रातभर मोजा लगाएर सुत्नुस् ।
४. हप्तामा एकदुई पटक जति खुट्टाको लागि वाफ लिने पनि गर्नुस् अर्थात् १०–१५ मिनेट जति वाफ आउने ठाउँमा खुट्टा राखी छोपेर नपोल्ने गरी बाफ लिने गर्नुस् ।
५. कहिलेकाहीँ घिउकुमारीको रस वा तुलसीको पात निचोरेर पैतालामा दल्नुस् र करिब एक घन्टापछि पखाल्नुस् ।
६. कसैलाई गोडाको माथिसम्म पनि (प्रायः जाडोमा) फुट्ने हुन्छ जसका लागि ती भागमा पनि तेल वा गाईंभैंसीको घिउ घस्ने गरेमा फाइदा हुन्छ ।
७. पैंतालामा बेसार र तोरीको तेल मिसाई तताएर सेलाएपछि लगाएमा पनि फुट्ने समस्यामा लाभ पाउन सकिन्छ ।
८. खुट्टाको भागमा रक्तसञ्चार बढाउन गोडाको सूक्ष्म व्यायामहरू, आसनहरू आदि र भोजनमा प्रशस्त मात्रामा फल तरकारी र सलादहरू प्रयोग गर्नुपर्छ । यसरी नै दैनिक तीनचार लिटरसम्म पानी पिउनुपर्छ । नियमित तीन–चार महिनासम्म यसरी ध्यान दिएमा पुरानो कुर्कुंच्चा पैताला फुट्ने समस्या पनि पूरा राम्रो हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बच्चालाई जन्डिस भए के गर्ने ?
Next article बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web