• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बंगालादेशमा एमबिबिएस पढ्न रोक

November 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बंगालादेशमा एमबिबिएस पढ्न रोक

हेल्थ टुडे

काठमाडौं, ८ मंसिर  : बंगालादेशका विभिन्न अवैधानिक मेडिकल कलेजहरुमा करिव २ सय जना नेपाली विद्यार्थी पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाल मेडिकल काउन्सिललाई गराएपछि  काउन्सिलले तत्काल बंगालादेशमा मेडिकल पढ्न रोक लगाएको जनाएको छ । कानून बिपरित स्थापना भएर पैसा कमाउने उद्देश्यका साथ स्थापना भएका ती मेडिकल कलेजहरुलाई काउन्सिलले कालो सुचीमा राखेको छ ।

तिन वर्ष पहिले पनि यसरी नै गैरकानूनी मेडिकल कलेज फेला परेपछि नेपाल मेडिकल काउन्सिलले त्यहाँका १२ वटा मेडिकल कलेजहरुलाई कालोसूचिमा राखेको थियो । ठूलो संख्यामा नेपाली विद्यार्थी एमविविएस र एमडी अध्ययनका लागि बंगालादेश जाने गरेका छन् । काउन्सिलका रजिस्टार डा. दीलिप शर्माले भने, ‘दूतावास मार्फत करिव २ सय विद्यार्थी अवैध मेडिकल कलेजमा पढिरहेको जानकारी पाएपछि बंगालादेश पठाउन रोक लगाएका छौ । ’ नेपालका मेडिकल कलेजहरुमा पढ्न मेरिटमा नाम निकाल्न नसक्नेहरु विभिन्न कन्सल्टेन्सी मार्फत एमविविएस पढ्न बंगालादेश जाने गरेका छन् । बंगालादेशका मेडिकल कलेजहरुमा मेडिकल पढ्न यहाँ लिइने प्रवेश परीक्षामा कम्तिमा पनि ५० नम्बर ल्याउनु पर्ने प्रावधान छ ।

बंगलादेशस्थित नेपाली दूतावासले त्यस्ता विद्यार्थीहरुलाई उद्धारको पहल पनि गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । ‘पठाउने एजेन्टहरुले बदमासी गरे । राम्रोसँग नबुझिकन जाँदा धोका भयो,’ काउन्सीलका प्रवक्ता शर्माले भने, ‘ राजदुतावासले उनीहरुको उचित प्रवन्ध मिलाउने कोशिष गरिरहेको छ ।’ बंगलादेशमा नेपालीले पढिरहेका कुनै कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ । ‘मेडिकल पढाउने कलेजहरु कुनै न कुनै विश्वविद्यालयमा दर्ता त हुनुपर्ने तर त्यसो नभएको पाइयो’ शर्माले भने, ‘समस्या आयो भने अर्को विश्वविद्यालयमा ट्रान्सफर गर्ने दायीत्व हुन्छ तर कलेजहरुले त्यस्तो पनि नगरेको पाइएको छ ।’ बंगलादेशमा एमबीबीएस पढ्न करिब करिव ४० लाख देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के खाने, कहिले खाने र कसरी खाने ?
Next article स्वास्थ्यको १२ औं तहमा डा. प्याकुरेल र डा. पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131958
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web