• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् स्वास्थ्यकालागि घातक संस्कार  

November 28th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् स्वास्थ्यकालागि घातक संस्कार  

नवराज सुव्वा

एकजना झापाली राजवंशी महिलालाई प्रसूतिका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक सेवाको लागि लगियो । अस्पतालमा स्वस्थ शिशुको जन्म भयो । केही दिनपछि उनी बच्चासहित सामान्य अवस्थामा घर फर्किइन् । घर आइपुगेपछि आफ्नो कुल परम्परअनुसार शिशुको तालु खुर्कने काम गरियो । त्यसको केही दिनपछि तालु खुर्केको ठाउँमा घाउ संक्रमण भयो । र घर आइपुगेको एक हप्ता नबित्दै धनुष्टङ्कारबाट नवजात शिशुको मृत्यु भयो ।  नवजात शिशु आफ्नै जातीय कुल परम्पराको सिकार बन्न पुग्यो । अकालमै नवजात शिशुको ज्यान गयो । भन्नेले भन्लान् शिशुको भाग्यै त्यस्तो थियो । तर अहिले हामी त्यसरी चित्त बुझाउने अवस्थामा छैनौं । यो त एउटा उदाहरणमात्र हो । यस्ता थुप्रै परम्परागत प्रचलनहरूले बालमृत्यु र मृत्युदर बढाइरहेको छन् ।

आदिवासीका कतिपय सांस्कृतिक परम्परा र प्रचलन स्वास्थ्यका लागि अत्यन्त घातक छन् । झापामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायमा नवजात शिशु जन्मनासाथ गरिने केही परम्परागत प्रचलन अस्वस्थकर छन् । जसले शिशुको ज्यान असमयमै लिने गरेको पाइएको छ ।

पहिलो घातक प्रचलन हो, शिशु जन्मिएपछि नाल काट्ने काम गर्नका लागि चमारलाई पर्खनु । चमार समयमा नै आएको खण्डमा त ठीकै छ । तर यदि समयमा नआएमा एक दिन दुई दिनसम्म पनि पर्खेर उसैको हातबाट मात्र नाल काट्ने प्रचलन रहेको छ । यसले एकातिर सुत्केरी महिलाको रक्तस्रावले ज्यान लिने सम्भावना उच्च हुन्छ । अर्कातिर बच्चाको स्याहारसुसारमा पनि प्रतिकूल असर पुग्दछ । यस अवधिमा आमा र शिशुको ज्यान जाने सम्भावना अत्यन्त उच्च रहन्छ ।

यसैगरी राजवंशी समुदायमा रहेको दोस्रो घातक प्रचलन हो, शिशुलाई स्तनपात ढिलो गराउनु ।  शिशु जन्मनासाथ जतिसक्दो चाँडो एक घन्टाभित्र शिशुलाई आमाको दूध खुवाउनुपर्नेमा ६ घन्टा वा १२ घन्टापछि आमाको दूध खुवाउने प्रचलन राजवंशी समुदायमा पाइएको छ । यसले शिशु मृत्युदरलाई उच्च बनाएको छ ।

झापाको राजवंशी समुदायमा रहेको तेस्रो घातक प्रचलन हो, शिशुको तालु जन्मनासाथ खौरनु । स्वास्थ्यको दृष्टिले सुरक्षित तरिकाले निर्मलीकृत ब्लेडको स्वच्छ ढंगले तालु खौरेको खण्डमा संक्रमण नहुन सक्छ । तर, निर्मलीकृत नगरिएको ब्लेड, छुराले तालु खौरँदा शिशुको तालुमा ब्याक्टेरियल संक्रमण भएर शिशुको ज्यानसम्म जाने गरेको छ ।

तराईका आदिवासी जनजाति राजवंशीमा रहेको स्वास्थ्यसम्बन्धी अस्वस्थकर प्रचलन हटाउन आवश्यक छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरूले समुदायमा यस्ता कुप्रथाविरुद्ध स्वास्थ्य शिक्षा दिने गरेका छन् ।  स्वास्थ्यकर्मीहरूले पनि निरन्तर प्रयास गरेकै छन् । तर ती लक्षित समुदायमा सचेतना र सेवाको पहुँच अझै पुग्न सकेको छैन । राजवंशी समुदायमा मात्र नभएर अन्य समुदायमा पनि स्वास्थ्यका लागि घातक विभिन्न प्रचलनहरू छन् । यस्ता प्रचलन केही बिस्तारे हटिसकेका छन् भने केही हट्न बाँकी छन् । स्वास्थ्यका दृष्टिले घातक यी संस्कार हटाउन स्वास्थ्य निकायको एक्लो प्रयासले मात्र पुग्दैन । यसमा सबैको चासो र सरोकार हुनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाहपछि  यौन चाहना नभएमा के गर्ने ?
Next article पिनास भए के गर्ने  ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web