• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीका अस्पतालमा भुत !

November 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीका अस्पतालमा भुत !

हेल्थ टुडे

काठमाडौं, १३ मंसिर:  राजधानीका अधिकांश अस्पतालमा भुतले तर्साउने गरेको छ । सरकारी अस्पताल वीर, त्रिवि शिक्षण अस्पताल, जोरपाटी स्थित नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, प्रसूति गृह थापाथली, नर्भिक हस्पिटल, ओम हस्पिटल लगायतका ठूला निजी र सरकारी अस्पतालमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ । वीर अस्पतालको आईसियू, पोष्टअपरेटिङ वार्ड र त्रिवि शिक्षण अस्पतालमा प्रसूति वार्डमा भुतले तर्साउने गरेको विरामीका कुरुवा बताउछन् । त्यसैगरि जोरपाटीको नेपाल मेडिकल कलेजमा इमरजेन्सी र अर्थोपेडिक विभागमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ ।

राती १० बजेसम्म अस्पतालमा डाक्टर, नर्स, विरामी भेट्न आउने आफन्तको चहल पहल हुने भएकाले त्यस्तो केही महसूस नहुने भएपनि राती १० बजेपछि तर्साउने गरेको वीर अस्पतालमा आईसियूकी कुरुवा बालाजुकी सिर्जना खड्काले बताइन् । उनले भनिन, राती १० बजेपछि भुतले तर्साउने रहेछ । कालो कालो छायाले झम्टिन खोज्दो रहेछ । ’ त्रिवि शिक्षण अस्पतालको प्रसूति विभागमा पनि महिला कराएरको जस्तो सुनिने तर चारैतिर हेर्दा कोही पनि नदेखिने गरेको त्यहाँ कार्यरत नर्स बताउछन् । ‘पहिलो पहिले त खुब डराउथिउ अहिले त यस्तै हो भन्दै काममा लाग्छौ, एक नर्सले भनिन । गम्भिर प्रकृतिका अधिकांश विरामीको मृत्यु अस्पतालमै हुने भएकाले त्यहाँ भुतप्रेतले अलिकति शक्ति देखाउनु स्वभाविक भएको न्याम्सका  पूर्व उपकुलपति डा. सिपी मास्के बताउछन् ।

हरेक अस्पतालले तिनै भुत प्रेतबाट बच्न अस्पतालको प्रांगणमै मन्दिर बनाएका छन् । वीर अस्पतालको आगनमै मन्दिर छ । ओम अस्पतालको आगनमै मन्दिर छ । ओमका अध्यक्ष डा. भोला रिजाल बेला बेला भुतप्रेतको शान्ति गर्दै अस्पतालको आगनमै पुजा लगाउने गर्छन । दुई वर्ष पहिलेको भूकम्पका कारण सयौंले अस्पतालमै ज्यान गुमाएका थिए । ती आत्माहरुको शान्तिका लागि पूजा लगाउनु परेको डा. भोला बताउछन् । अधिकांश डाक्टर अस्पतालमा भुतले तर्साउने गरेको कुरा मान्न तयार छैनन । तर अस्पतालमा कार्यरत नर्सहरु भने यो कुरा सही भएको बताउछन् ।

त्रिवि शिक्षण अस्पतालकी एक सिनियर नर्स भन्छिन, ‘ डाक्टरसापहरुलाई थाहा नहुन सक्छ । तर जो हामी रातभरी अस्पतालमा बस्छौ की हामीलाई थाहा छ की विरामीका कुरुवाहरुलाई । डाक्टरसाप रातभरि अस्पतालमा बस्नु हुन्न त्यसैले थाहा हुदैन् । ’ भुतले अस्पतालमा तर्साउने समस्याको समाधान केही नभएकाले यो कुरालाई ठूलो मुद्दा नबनाइएको ती नर्स बताउछिन् । नेपाल मेडिकल कलेजका नर्सहरुले त राती भुतले नतर्साओस भन्ने कामना गर्दै राती १० बजेपछि धुपबत्ती समेत बाल्ने गरेको अस्पातलकी एक नर्सले बताइन् । अकालमा मृत्युवरण गरेको आत्माले कहिलेकाही तर्साउने गरेको अर्की नर्स बताउछिन् । यो समस्या समाधानका लागि अस्पतालहरुले बेला बेलामा मृत आत्माको शान्तिका लागि अस्पतालमै शान्तिपूजा लगाउनु पर्ने सरोकारवाला बताउछन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् उत्कृष्ठ क्यान्सरका डाक्टर
Next article  ग्यास्ट्रिकका बिरामीलाई अकबरे खुर्सानी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132363
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web