• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुई डाक्टर अस्पतालमै ईलू ईलू

November 30th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुई डाक्टर अस्पतालमै ईलू ईलू

हेल्थ टुडे

किष्ट मेडिकल कलेजमा डा. कृष्णकुमार श्रेष्ठ मेडिकल अधिकृत थिए । र डा. प्रीति बज्राचार्य पनि त्यही पदमा कार्यरत थिइन् । तर उनीहरूको विभागीय जिम्मेवारी भने फरक थियो । कृष्ण मेडिकल विभागमा थिए भने प्रीति आकस्मिक सेवातर्फ । अग्ली, गोरी र रूपवती प्रीतिसँग जिस्किँदाजिस्किँदै पिरती गाँसिएको डा.कृष्णले पत्तै पाएनन् । कुरा एक दशक अगाडिको हो । ‘साथीहरूले डा.प्रीति राम्री छन् नि ! भन्थे’, उनले भने, ‘ख्यालख्यालमै प्रीति मेरो मनमा आइसकेकी रहिछन् ।’ प्रीतिलाई पनि कृष्णको व्यक्तित्वले कतिबेला समातिसकेको रहेछ पत्तै भएनछ ।

मन परेर एकअर्काले मनमै सजाइसके पनि यो जोडीले विधिवत् रूप लिन भने निकै संघर्ष र चुनौतीको सामना गर्नुप¥यो । ललितपुरको दुर्गम क्षेत्र सिद्धिपुरको प्रयागपोखरीमा पिता चन्द्रबहादुर र माता सुभद्रा श्रेष्ठका कान्छा छोराको रूपमा जन्मिएका डा.कृष्णकुमार श्रेष्ठका अघिल्तिर निकै चुनौती थिए । उनीसँग बालमस्तिष्कमा बसेको बाबाको सपना पूरा गर्ने प्रतिबद्धता थियो । त्यहीमाथि मनमा बसेकी प्रीतिलाई जिन्दगीसँग जोडेर लग्ने रहर पलायो ।ललितपुुरको दी राइजिङबाट एसएलसी सकेर उनले किष्ट कलेजबाट दस जोड दुई पास गरे । बुवाले देखेको सपना पूरा गर्नै उनी चीनको थिन्चिन पुगेर एमबीबीएस गरे । किष्टमा जागिरे हुँदा टुसाएको प्रेमलाई पूर्ण आकार दिन भने उनीहरूलाई निकै सकस बेहोर्नु प¥यो ।

ललितपुरकै पहापालमा पिता पञ्चमुनी वज्राचार्य र लक्ष्मी वज्राचार्यको कोखबाट कान्छी छोरीका रूपमा जन्मिएकी प्रीतिलाई पनि परिवारका अन्य सदस्यझैँ स्वास्थ्य क्षेत्रमै केही गरेर देखाउनु थियो । सम्पूर्ण जीवन वीर अस्पतालमा बिताएर लाखौँको सेवा गरेका बुवाको प्रेरणाले प्रीति पनि डाक्टर नै बन्ने सपना बोकेर हिँडेकी थिइन् । यही क्षेत्रमा पढाइ र काम गरिरहँदा उनलाई डा. श्रेष्ठसँगको प्रेम पनि साकार बनाउने अर्को हुटहुटी चल्न थाल्यो । ‘जात मिले पनि हाम्रो आस्था अलिक फरक थियो । ग्रामीण क्षेत्रमा धार्मिक भिन्नतालाई त्यतिबेला अहिलेको जस्तो सजिलै लिइँदैनथ्यो’, डाक्टर दम्पतीले एउटै स्वरमा भने, ‘हामी एकजना हिन्दु, अर्को बुद्धिष्ट थियौं ।’ उनीहरूले अनेक कोसिस गरे । परिवारका सदस्यहरूलाई मनाउन । एक दिन रेस्टुराँमा सँगै खाना खाइरहेको कुरा घरसम्म पुगेपछि भने केही अन्तिम निर्णयको कुरा अघि बढेछ । दुवै परिवार सहमतिमा आएपछि भने उनीहरूको प्रेमिलयात्रा रुमानी बन्यो । त्यही यात्राले उनीहरूको पेसागत यात्रा पनि समुज्वल बन्ने भयो । दुवैजना थप अध्ययनका लागि चीन गए । चीनको ल्याउनिङबाट श्रेष्ठले मास्टर इन कार्डियोलोजी (मुटुरोग विशेषज्ञता) गरे भने प्रीतिले गाइनो (स्त्री तथा प्रसूति रोग विशेषज्ञता) मा एमडी गरिन् । डा. प्रीति युनिभर्सिटी टपर बनिन् भने डा.श्रेष्ठले गोल्डमेडलसहित चीन सरकारबाट अवार्ड हात पारे ।

नेपाल फर्केर डा.श्रेष्ठ टिचिङदेखि पाटन अस्पतालसम्म सेवा गर्न पुगे । ललितपुरमा मुटुरोगको उपचार नदेखेपछि सेवा गर्न पाटन पुगे । डा. प्रीति पनि सेवामै समर्पित भइन् । दुवैजना डाक्टर भएपछि पारिवारिक तालमेल मिलाउन उनीहरूका लागि हम्मेहम्मे भयो । मायाप्रेम त परको कुरा एकअर्काको अनुहार हेर्न पनि रहरजस्तै हुन थाल्यो । ‘हाम्रो संवाद त फोनमा, फोनबाट एसएमएस, एसएमबाट नोट लेखेर छोड्ने स्तरमा पुग्यो’, डाक्टर दम्पतीले भने, ‘हामी दुवैजना डाक्टर नभइदिएको भए सायद डिभोर्स हुन्थ्यो होला ।’ उनीहरूमा पेसाभन्दा पनि समाजसेवाको भावना निकै गहिरो गरी फैलिएको थियो । डा.श्रेष्ठले भने, ‘म निम्नमध्यम वर्गीय नेवार परिवारमा हुर्किएको मान्छे, मेरो समुदायको अवस्थाले मलाई चिमोठिरहन्थ्यो ।’ श्रेष्ठको यात्रामा डा.प्रीति बलियो आधार बनेर आइन् । अरूको वा सरकारी जागिर गर्दा आफैंलाई सम्म समय दिन नसक्ने भएपछि डाक्टर दम्पतीले जागिर नगर्ने निर्णय गरे ।

गर्ने के त ? उनीहरूले पाटन हार्ट क्लिनिक खोले । त्यस क्षेत्रमै नभएको सेवा त्यहीँबाट प्रदान गर्ने निर्णय गरे । अनि गाउँगाउँसम्म पुगेर श्रीमान्, श्रीमतीमा भएको विज्ञतालाई पिछडिएका क्षेत्रका जनताको सेवामा लगाउने सोच बनाए । त्यसपछि उनीहरूले हेल्थ क्लिनिक सञ्चालनको अभियान नै थाले । हेल्थ क्लिनिकका लागि उनीहरू दिन दुई दिनको पैदलयात्रा गर्न समेत राजी भए । त्यहाँ पुगेर डा. प्रीतिले गाइनोसम्बन्धी सेवा प्रदान गर्न थालिन् भने श्रेष्ठले मुटुसम्बन्धी सेवा दिन थाले । यही सिलसिलामा डाक्टर दम्पती ललितपुरको दक्षिण भेगको चापाखेल, गोटाखेल, ढल्चोकी, डुकुछाप, चन्दनपुर, हरिसिद्धि, गिम्दी छप्पीलगायतका दर्जन गाउँमा पुगिसकेका छन् ।

स्वास्थ्य शिविरमा उनीहरू आफूमात्र जाँदैनन् मुटुरोग र गाइनोका लागि परीक्षण गर्न चाहिने आवश्यक उपकरण पनि लिएर जान्छन् । विभिन्न रगत जाँचसम्म गाउँमै गर्छन् । त्यही गरेर हुने उपचार बाहेकका लागि सम्बन्धित अस्पतालमा रेफर गरिदिन्छन् । फ्लोअप गर्नुपर्ने बिरामी भएमा पुनः गएर पनि जाँच गरिदिन्छन् । ‘यसका लागि पाटन हार्ट क्लिनिकले समाजसेवा कोष नै बनाएको छ’, डाक्टर दम्पतीले भने, ‘बाँकी रकम हामी नागरिक आवाजलगायतका संघसंस्थासँग जुटाउँछौं ।’सानैदेखि श्रेष्ठका पिताजीले तिमी डाक्टर बन्नु, समाजको सेवा गर्नु भन्नुहुन्थ्यो । निम्नमध्यम परिवारमा जन्मिएर त्यो सम्भव होला नहोला ? भन्ने पीडाले श्रेष्ठलाई पिरोल्ने गथ्र्यो । उनले भने, ‘उहाँहरूको आशीर्वादले डाक्टर बनियो, त्यो गर्न सक्ने अवस्था पुग्न सासू, ससुराले पनि साथ दिनुभयो । प्रीतिजस्तो जीवनसाथी पाएपछि यो गर्न हामीलाई कुनै गाह्रो भएन ।’ विवाहपछि डा. प्रीतिका बुवाआमाले उनीहरूलाई क्लिनिक स्थापना गर्न आर्थिक सहयोग गरे । त्यति भएपछि कमाउने, धेरै सम्पति जोड्नेभन्दा पनि आफूलाई सामान्य पुगिहाल्छ भने समाजसेवा गरेर सन्तुष्टिको यात्रा किन नथाल्ने भन्ने सोचले उनीहरू समाजसेवामा लागेको बताउँछन् ।

जति कमाए पनि मानिसले छाडेरै जानुपर्ने भएपछि समाजमा सम्झनलायक काम गरे त्यो सधंै सम्झना रहिरहने प्रेरणाले आफूहरू समाजसेवामा बढी तल्लीन भएको उनीहरूले बताए ।समाजसेवामा सक्रिय यो जोडी शरीरमा तातो रगत हुन्जेल आक्रामक ढंगले समाजसेवामै लाग्ने सोच भएको बताउँछ । माछा पानीजस्तै प्रेमिल उनीहरूलाई एकअर्काका केही कुराले सधैं आकर्षित गरिरहन्छ । डा. श्रेष्ठलाई डा. प्रीतिको बोली सुनिरहुँझैँ लाग्छ । व्यवहार निकै मन पर्छ । उनले पकाएको चिकेन खाइरहुँजस्तो लाग्छ । तर कहिल्यै रिसाउँदै नरिसाउने बानीले भने चिन्ता पनि लाग्दो रहेछ । डा प्रीतिलाई श्रेष्ठको व्यक्तित्व निकै मन पर्छ । सधैं केही न केही सरप्राइज दिइरहने बानीले उत्सुक बनाइरहँदो रहेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन आवश्यक छ महिनावारीमा सरसफाइ
Next article मन्द बिष हो जंक फुड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132025
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web