• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

December 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

सन्ध्या केसी

बीस वर्ष पहिले एक जना चिकित्सकले स्थायी बन्ध्याकरण गरिदिए बाफत ७५ रुपैया पाउथ्यो । त्यति बेलाको तुलना गर्ने हो भने हरेक सेवा र बस्तुको मुल्य कम्तिमा पनि ५ गुना बढिसकेको छ । तर स्थायी बन्ध्याकरण गर्ने चिकित्सकको पाउने सेवा सुविधा अहिले पति त्यत्ति नै छ ,७५ रुपैया । यति लामो समय बितिसकेपनि बन्ध्याकरण गरिदिए बाफत पाउनु पर्ने पारिश्रमिक नबढेकाले चिकित्सक नै बन्ध्याकरण गराउन मानिरहेका छैनन् ।

यसले स्थायी बन्ध्याकरण गर्नेको संख्या बढ्न सकेको छैन् । परिवार नियोजनका अस्थायी र स्थायी साधनमध्ये स्थायी साधन बढी भरपर्दो मानिन्छ । त्यसमा पनि पुरुषका लागि त यो अझ सहज हुन्छ । तर स्थायी बन्ध्याकरण गर्न न पुरुष राजी हुन्छन न चिकित्सक गर्न नै । २० वर्ष अगाडिकै शुल्कमा यसमा चिकित्सकले नै दिनचल्सी देखाउदैनन् । जसको फलस्वरुप स्थायी बन्ध्याकरण गर्नेको संख्या बढेको छैन । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाका अधिकारी स्थायी बन्ध्याकरण गराउनेको संख्या बढ्न नसक्नुको कारण मध्ये चिकित्सकले पाउने पारिश्रमिक पनि भएको बताउछन् ।

एकदमै न्युन पारिश्रमिकका कारण चिकित्सकले नै स्थायी बन्ध्याकरण गरिदिन राजी हुदैनन् । अर्थ मन्त्रालयलाई यस बिषयमा स्वास्थ्य मन्त्रालयले पटक पटक जानकारी गराउदा समेत यस बिषयमा अर्थले आवश्यक बजेट बिनियोजन नगरिदिदा कार्यक्रम सञ्चालन गर्न समस्या परेको छ ।  स्थायी बन्ध्याकरण गराउनेको संख्या नबढ्नुमा चिकित्सकले पाउने पारिश्रमिकका अलावा अधिकांश पुरुषमा स्यायी बन्ध्यारकरणका बिषयमा गलत धारणा अहिले पनि समाजमा व्याप्त छ । स्थायी बन्ध्याकरण गरेपछि यौन क्षमता घट्ने, गाह्रो काम गर्न नसक्ने, दुब्लाउने जस्ता भ्रम रहेकाले सितिमिती पुरुष स्थायी बन्ध्याकरण गर्न मान्दैनन् । यो परम्परागत धारणामा अहिले पनि आशा गरे अनुसारको परिवर्तन आउन सकेको पाइदैन । विशेषज्ञहरुका अनुसार तर यसो केही पनि हुदैन । महिलाका तुलनामा पुरुषमा सजिलो र भरपर्दो हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुगुमा भाइरल ज्वरोको प्रकोप
Next article डा. मनिषाको मुस्कानसहित उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134416
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web