• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई

December 8th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई

डा. सरिता विष्ट

मासिकस्रावका बेला हुने दुखाईका लागि जता गए पनि महिलाले समान उत्तर पाउँछन्, यस्तो आमरूपमा हुन्छ नै । बिहेपछि ठीक भइहाल्छ, आत्तिनु पर्दैन । त्यसपछि उनीहरूलाई केही पेन किलर दिइन्छ दुखाइ कम गर्न ।त्यसो भए बिवाहपछि महिनावारीको दुखाई कम हुन्छ त ? अथवा यसको अर्थ नियमित यौनसम्पर्कले यो दुखाइ कमगर्छ भन्ने हो त ? यो प्रश्नको जवाफ भने चिकित्सकहरूले खासै दिँदैनन् । . महिनावारीमा दुखाई निकै पीडादायी हुन्छ ।  असह्य  दुखाइ भएपछि उपचारको क्रममा गए पछि पेन किलरबाहेक अरू कुनै औषधि उनीहरूले  पाउँदैनन् ।

केही चिकित्सकहरूले अप्रेसन गर्नुपर्छ भन्छन् भने केहीले बिहापछि ठीक हुन्छ भन्छन् ।  सत्य के हो त ?यही विषयमा पत्ता लगाउन हालैमात्र एउटा अनुसन्धान गरिएको छ । अनुसन्धानमा ऐडोमेट्रिम र सेमिनलफ्लुडका कारण महिनावारीका बेला दुखाइ बढ्ने खुलासा भएको छ ।  तर सेक्स र यी फ्लुडको  आपसी सम्बन्ध के हुन्छ भन्ने  बारेमा थप अनुसन्धानको खाँचो रहेको अनुसन्धानले देखाएको छ ।. एन्डोमेट्रोसिस भनेको त्यस्तो दुखाइको अवस्था छ, जतिखेर सामान्य अवस्थामा पाठेघरभित्रका केही तन्तुहरू पाठेघर बाहिर हुर्किन्छन् ।अनुसन्धानमा यस्ता तन्तुहरूको विकास र सेमिनलफ्लुड (यौन उत्तेजना या सम्पर्कका बेला बग्ने सेतो तरल पदार्थ)का बीचमा सम्पर्क हुँदा प्रजननको उमेरमा १० प्रतिशत महिलाहरू प्रभावित हुने गर्दछन् ।अस्टेलियाको विश्वविद्यालयका सहलेख जोनाथनका अनुसार, प्रयोगशालाको अध्ययनमा सेमिनलफ्लुडले सर्भाइभल र एन्डोमेट्रोसिसिको नोक्सानीलाई बढावा दिने पाइएको थियो । एन्डोमेट्रोसिस माथि भनिएझै पाठेघर बाहिर विकास हुने तन्तु हो । यसलाई ट्युमर पनि भनिन्छ । यो ट्युमर महिलाहरूमा मात्रै हुन्छ । यो ट्यूमर विकास भएको बेला निकै दुख्ने गर्दछ । महिलामा पिरियड सुुरु भएदेखि पाँचदेखि सात दिन अगाडि तल्लो पेटमा अत्यधिक दुखाइ हुन्छ ।

यो दुखाइ पिरियडको दुईदेखि चार दिनपछिसम्म पनि रहने गर्दछ । तर यौनसम्बन्धले गर्दा यो ट्युमर घट्छ त ? भन्ने कुरा भने यकिनका साथ भन्न सकिएको छैन ।  केही चिकित्सकहरूले भने यौनसम्पर्क हुँदा पाठेघर भित्र र बाहिर संकुचनमा रहने तन्तु र रक्तकोशिकाहरूमा रगत प्रवाहतीब्र हुने भएकाले यसले महिनावारीको दुखाइ कम गर्छ भन्ने गर्दछन् । एकजना यौन थेरापिस्ट जडिथगोल्डनका .अनुसार चरम उत्कर्षको बेला मानिसको मस्तिष्कमा प्राकृतिक रूपमा नै दुखाइ कम गर्ने रसायन उत्पन्न हुने गर्छन् र यसले महिनावारीको बेलाको असह्य पीडा कम गर्न मद्दत हुन्छ ।

अर्कोतर्फ नियमित यौनसम्पर्कले महिलाको शरीरमा उत्पन्नहुने  हर्मोनमा समेत परिवर्तन हुन्छ । . हर्मोनमा हुने परिवर्तनले शरीरभित्र र बाहिर समेत सामान्य परिवर्तन देखिन्छ ।. यसले गर्दा यौनांगमा हुने  संंकुचन कम हुने र दुखाइ कम हुने कतिपय बताउछन ।  . यौन सम्पर्कले महिलाको मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्ने र रक्तसञ्चार प्रणालीलाई नियमित गर्ने भएकोले यसले दुखाईमा मात्र नभएर समग्र स्वास्थ्यमा सकारात्मक असर पार्ने कुरामा भने दुईमत हुन सक्दैन । तर यौनसम्पर्क भने आनन्दादायी, दबाब रहित वातावरणमा हुनैपर्छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मी किन लुकाउछन आफना स्वास्थ्य समस्या
Next article पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web