• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने…….

December 10th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने…….

डा. नूतन शर्मा

कुनै श्रीमान् श्रीमतीबीच दुई वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी यौनसम्पर्क राख्दासमेत बच्चा जन्मेन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ ।प्राथमिक र दोस्रो गरी सामान्यतः बाँझोपन दुई प्रकारको हुन्छ । कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ । त्यसैगरी बच्चा बसेर विभिन्न कारण गर्भपतन भएर लामो समयसम्म प्रयास गर्दा पनि बच्चा बसेन भने त्यसलाई दोस्रो खालको बाँझोपन हो । यो हाम्रो देशको समस्यामात्र होइन । विश्वमा नै यो समस्या व्यापक छ । ७० देखि ८० प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ । यो व्यक्तिको व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ । १५ देखि २० प्रतिशत कारणमात्रै जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको बनोट राम्रो नहुनेजस्ता कारणले जन्मजात बाँझोपना हुन्छ ।

७० देखि ८० प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो । महिलामा जनचेतनाको अभाव छ । संक्रमण भएपछि पनि उनीहरू जँचाउन आउँदैनन् । फोहोर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सककहाँ जाँदैनन् । जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछिमात्रै उनीहरू चिकित्सक कहाँ जाने चलन छ । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ ।पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ । ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ । ट्युब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन । बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्युबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्युब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो ।

दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरुषको हकमा लागू नहुन सक्छ ।  महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउन्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ ।त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेस कुरा निकाल्छौ । जस्तै महिनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सुरु गर्छ । एउटा अण्डा बन्नलाई आठ, दसवटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ । महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डामात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डामात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२, कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आमा बन्नका लागि कुन उमेर उत्तम
Next article यौनाङ्गको आकार र यौन सन्तुष्टिबिचको सम्बन्ध   

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134281
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web