• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्तन क्यान्सरको पहिचान

December 26th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तन क्यान्सरको पहिचान

डा. गणेश दंगाल

१)     स्तनको परीक्षण : आफैंले वा डाक्टरले हातको पञ्जाले छामेर स्तनमा गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ ।

२)     म्यामोग्राफी : यो विशेष एक्सरे विधिले स—साना स्तन क्यान्सरहरू समयमै पत्ता लगाउन सकिन्छ । तर करिब २० प्रतिशत जति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिवाट पत्ता लगाउन सकिँदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँहरू पहिचान गर्दछ र त्यस्ता ठाउँबाट साइटोलोजी तथा बायोप्सी जाँच गर्न सकिन्छ ।

३)     फाइन निडल एस्पिरेसन साइटोलोजी : गिर्खा निस्केको शंकास्पद ठाउँबाट यो विधिद्वारा नमुना लिएर जाँच गरेमा ९८ प्रतिशत सक्षमताका साथ सही परिणाम आउँछ । यो विधिद्वारा जाँच गर्दा क्यान्सर भएका कोषहरू देखिएनन् भने क्यान्सर हुने सम्भावना न्यून हुन्छ । तर जाँचको नतिजा पोजेटिभ वा शंकास्पद भन्ने आएमा भने बायोप्सीद्वारा नै किटान गर्नुपर्दछ ।

४)     बायोप्सी जाँच : स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकी परीक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानको लागि ज्यादै भरपर्दो र उपयोगी छ ।

उपचारका विधिहरू :

यो क्यान्सर लागिसकेपछि अपनाउने विधिहरूमा शल्यचिकित्सा (अपरेसन), विकिरण पद्धति (रेडियसनथेरापी) हर्मोनलथेरापी, किमोथेरापी आदि पर्दछन् । रेडियसनथेरापी प्रायशः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिको रूपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउँमा फैलिएको अवस्थामा भने सामान्यतया किमोथेरापीको प्रयोग गरिन्छ ।

स्तन क्यान्सर भयानक रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाएमा उपचारपछि निको पार्न सकिन्छ ।

(लेखक : काठमाडौं मोडेल अस्पतालमा स्त्री रोग तथा प्रसूति विशेषज्ञको रूपमा कार्यरत हुन् ।)

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……
Next article यस्तो हुन्छ ३५ काटेका यौनकर्मीलाई

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web