हेल्थ टुडे
काठमाडौं : पब्लिक हेल्थका विज्ञ कौशलकुमार सिंह (केके सिंह) को सडक दुर्घटनामा परेर निधन भएको छ । उनको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । लामो समय स्वास्थ्य मन्त्रालय मातहत विभिन्न जिल्लाको जिल्ला स्वास्थ्य प्रमुख भएर नेपालको जनस्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सिंहले त्यसपछि जिआईजेड, प्लान, एफएचआई लगायतका दातृ निकायमा काम गरेका थिए ।
पछिल्लो पटक उनी विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालय पुनर्जागरण महासाखा नसर्ने रोग न्यूनिकरण सम्बन्धी कार्यक्रममा संलग्न थिए । विराटनगरबाट काठमाडौं आएका ज्वाईलाई एयरपोर्टबाट घर ल्याउने क्रममा गौशालाबाट रातोपुल जाने ओरालोमा बसले ठक्कर दिएपछि दुबै जना गम्भिर घाइते भएका थिए । विराट मेडिकल कलेजमा कार्यरत उनका ज्वाईको काठमाडौं मेडिकल कलेजको आईसियूमा उपचार भइरहको छ । विराट मेडिकल कलेजमा कार्यरत सिंहका छोरी र ज्वाई दुबै चिकित्सक हुन् । सर्लाहीका स्थानिय बासिन्दा सिंहका दुई छोरा बंगालादेशमा एमबिएस पढ्दै छन् भने अर्की छोरी क्यानाडामा छिन् । सिंहको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनका आफन्तले जनाएका छन् । बंगालादेशमा अध्ययनरत छोराहरु आउन ढिला भएकाले उनको दाहसंस्कार बुधबार हुने भएको हो ।
Leave a Reply