• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको बयान सकियो,सुनुवाइ हुन सकेन

January 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको बयान सकियो,सुनुवाइ हुन सकेन

काठमाडौँ, २५ पुस :सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन सकेन । डा केसीलाई अदालतको अवहेलना मुद्दामा आज बिहान ९ बजे उपस्थित गराउन भनिएता पनि उहाँलाई प्रहरीले हिरासतबाट ८ः४५ बजे नै अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा डा केसी उपस्थिति भए पनि बयान लिने प्रक्रिया भने निकै अवेला शुरु भयो । बयान लिन शुरु गर्दा करिब २ बजेको थियो । बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ भोलिका लागि तय भएको छ । डा केसीलाई अदालतको आदेशअनुसार समयभन्दा अगाडि नै उपस्थिति गराए पनि बयान ढिलो हुँदा उहाँको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीको एम्बुलेन्समा अदालत परिसरमा राखेर आराम गराइएको थियो ।

बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले आज सुनुवाइ हुन सकेन । डा केसीसँग अदालत प्रशासनले बयान सकेपछि डा केसीका पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीलाई पक्राउ गरी अदालतमा उपस्थ्तिि गराउँदा के विषयको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो भन्ने नभएको हुँदा मुद्दा खारेज गर्न इजलाससमक्ष माग गर्नुभयो ।

डा केसीले अवहेलना मुद्दामा सात पेज बयान दिनुभएको छ । उहाँको पक्षमा वकालत गर्नका लागि सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा भर्नुभएको छ । वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतका अधिवक्ताहरु हुनुहुन्छ । डा केसीको सुनुवाइप्रति चासो लिने अधिवक्ता र सर्वसाधारणको पनि अदालत परिसरमा निकै घुइँचो लागेको थियो । अदालतमा डा केसीलाई उपस्थिति गराएदेखि दिनभर केसीका शुभेच्छुकहरुको अदालत परिसरमा बाक्लो उपस्थिति थियो ।

डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी हिजो अनशन शुरु गर्नुभएको थियो । उहाँलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । प्रा डा केसीको सुनुवाइ बुधबार हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ । अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी जन्मन्छ समयअगावै बच्चा
Next article स्वास्थ्य परीक्षणकालागि ओली बुधबार बैंकक जाँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web