हेल्थ टुडे
काठमाडौं, १३ माघ : ओटु टोल सुधार र ऋचा बजिमय स्मृति फाउण्डेसनको आयोजना तथा नेशनल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा शनिबार राजधानीको नेपाल आदर्श मावि गणबहालमा पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण स्वास्थ्य सिविर सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेको उक्त सिविरमा २३० महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण गरिएको थियो ।
स्वास्थ्य सिविरमा ऋचा बजिमय स्मृति फाउण्डेसनका अध्यक्ष डा. दीपकसुन्दर श्रेष्ठ सहित स्त्री रोग विज्ञ डा. उपासना मास्केले पाठेघरको मुखको क्यान्सर परिक्षण गरेका थिए । सिविरमा फोउण्डेसनका तर्फबाट ५ जना चिकित्सक र नेशनल क्यान्सर हस्पिटलका १० जना स्वास्थ्य प्राविधिकले परिक्षणमा सहयोग गरेका थिए ।
Leave a Reply