• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगका कारण ३० हजार अंगभंग

January 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगका कारण ३० हजार अंगभंग

हेल्थ टुडे,

काठमाडौं, १४ माघ :  ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकाहरुमा शुन्य अपांगा हाम्रो अभियान ’ मूल नाराका साथ आज ६५ औं विश्व कुष्ठरोग दिवस  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि  मनाइदै छ । सरकारले कुष्ठरोग निवारण भएको घोषणा गरेको ८ वर्ष पुरा भएको छ । तर अहिले पनि यसको चुनौति बाकी नै छ । कुष्ठरोग निवारण भनेको प्रति १० हजार जनसंख्यामा कुष्ठरोगीको संख्या एक भन्दा कम हुनु हो । सरकारले कुष्ठरोग निवारण गर्ने बेला प्रति १० हजारमा ० Þ७७ थियो भने अहिले त्यो संख्या बढेर ०.९२ रहेको कुष्ठरोग नियन्त्रण महासाखाले जनाएको छ । अहिले पनि हरेक वर्ष कुष्ठरोगका ३ हजार २ सय बढी विरामी थपिने गरेका छन् । यो संख्या आशा गरे अनुसार घट्न सकेको छैन । अझै पनि कैयौ कुष्ठरोगी उपचारमा आउन सकेका छैनन् । सरकारले कुष्ठ प्रभावित जिल्लामा खोजपडताल अभियान चलाउने गरेर केही सफलता हासिल गरे पनि पूर्ण सफलता भने पाउन सकेको छैन । गत वर्ष बाके र बर्दियामा खोज अभियान सञ्चालन गरेको थियो भने यो वर्ष पनि कपिलबस्तु सहितका जिल्लामा यो अभियान चलाएको छ ।

कुष्ठरोग नियन्त्रण महासाखाको तथ्यांक अनुसार अहिलेसम्म औषधि सेवन गरेर करिव १ लाख ८० हजार जना कुष्ठरोगी निको भइसकेका छन ।  यसै गरि कुष्ठरोगका कारणले अपांगता भएकाहरुको संख्या ३० हजार छ । गत आर्थिक वर्षमा ३ हजार २१५ नया बिरामी पत्ता लागेका छन । कुष्ठरोगको उपचारमा दाताको सहयोगमा सञ्चालित अस्पताल र उपचार केन्द्रको अहं भूमिका छ ।  दी ल्याप्रोसी मिसनदारा सञ्चालित आनन्द बन अस्पताल, लालगढ अस्पताल लगायतका रिफरल हस्पिटल र अन्य क्लिनिकहरुको योगदान महत्वपूर्ण छ । कुष्ठरोगका अधिकांश कार्यक्रम दाताको सहयोगमा चलेका छन । कुष्ठरोगको औषधि निशुल्क बितरण, सरकारी स्वास्थ्यकर्मिहरुलाई समेत कुष्ठरोग पहिचान र उपचार सम्बन्धी तालिम दिने काममा समेत दाताको ठूलो सहयोग रहेका महासाखाका वरिष्ठ कुष्ठरोग विशेषज्ञ डा. रविन्द्र वास्कोटा बताउछन । कुष्ठरोग निवारण पछि दाताको प्राथमिकता पनि घट्दै गएकोले समस्या परेको उनको अनभुव छ । सरकारले कुष्ठरोग सम्बन्धी रणनीति बनाएको छ । तर यसका बिषयमा अझै पनि प्रयाप्त जनचेतनामूलक कार्यक्रम प्भावकारी ढंगले सञ्चालन हुन सकेका छैनन । दाताहरुको भरमा मात्र कुष्ठरोग उन्मुलन गर्ने अभिारा छोड्नु भन्दा सरकारले पनि बढी से बढी बजेट कुष्ठरोग उन्मुुलनका लागि बिनियोजन गरेर यो अभियान पुरा गर्नु अपरिहार्य छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीपी स्मृति अस्पताल आफ्नै भवनमा
Next article काबुलमा एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web