• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पौडेल पनि पुगे अदालतको शरणमा

February 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पौडेल पनि पुगे अदालतको शरणमा

हेल्थ टुडे

काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गर्ने स्वास्थ्य मन्त्री दीपक बोहोराको निर्णय कार्यन्वयन नगर्न अन्तरिक आदेश दिएपछि उक्त आदेश रोक्न नव नियुक्त स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेल पनि अदालत गएका छन् । महानिर्देशक डा. पन्तलाई मन्त्रालय सरुवा गरेर मन्त्री बोहोराले डा. पौडेललाई पुष २९ गते विभागको निमित्त महानिर्देशक नियुक्त गरेका थिए । डा. पौडेलले माघ २ गतेदेखि महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । मन्त्री बोहोराको निर्णय कानून सम्मत नभएको भन्दै डा. पन्त पुनर्वहालीको माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्चले माघ १९ गते डा. पन्तका पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले डा.पन्तका पक्षमा भएको आदेश बदर हुनु पर्ने माग गर्दै त्यसको एक हप्तापछि डा. पौडेल पनि अदालत गएका हुन । डा. पौडेलको रिटमाथि आउदो आइतबार बहस हुने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । आफूलाई अन्याय भएकोले अदालतको शरणमा गएको डा. पौडेलले बताए । सर्वोच्चले डा. पन्तका पक्षमा अन्तरिक आदेश दिएको १० दिन बित्दा समेत उनको पुनर्वहाली हुन सकेको छैन । डा. पौडेल नै आइतबारसम्म विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । नियुक्ती, सरुवा र बढुवामा सधै विवादका आइरहने मन्त्री बोहोराको निर्णयका कारण स्वास्थ्य मन्त्रालयका दर्जनौ चिकित्सक मारमा परेका छन् । मोटो रकम हात पारेर विवादास्पद् एवं अंगिकृत डा. पुष्पा चौधरीलाई  सचिव नियुक्त गरेपछि मन्त्रालयमा भाडभैलो मच्चिन थालेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन र कहिले हुन्छ बिर्सने रोग
Next article डा. पुष्पाको मिलेमतोमा डा. पन्तको पुनर्वहाली पत्र गायव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web