हेल्थ टुडे,
काठमाडौं, १५ फागुन : ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ मंगलबार स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिवस मनाइरहेको छ ।
छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले वर्ष भरि उत्कृष्ठ सेवा गर्ने ४ जना स्वास्थ्यकर्मीलाई ’स्वास्थ्य सेवा पुरस्कार’ प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरुलाई पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेहरुमा झापा शान्तिनगरका सिनियर अहेब दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा सुमित्रा गौतम छन । आर्थिक वर्ष २०७३ र ०७४ मा गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
Leave a Reply