काठमाडौं : सरकारले करिब १० हजार ‘अति गरिब’ व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । नागरिकको स्वास्थ्य उपचारमा
सहज पहुच पु¥याउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय बिमा नीतिअनुसार उनीहरूको बिमा सरकारलेगरिदिएकोहो। स्वास्थ्य बिमा बोर्डका
अनुसार सरकारले उपलब्ध गराएकोपरिचय खुल्ने सूचीका आधारमा ५० हजार रुपैया बराबरको बिमा गरिएकोहो। अछाम, बागलुङ, तनहु, गोरखा, रोल्पा, जाजरकोट, बर्दिया, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुलीमा अति गरिबको नाम सूचीका आधारमा बिमा गराइएको बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताए ।
‘अहिलेसम्म २८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ, यसै आर्थिक वर्षभित्र ४० जिल्लामा पु¥याउने लक्ष्य छ,’ लोहनीले भने। उनका अनुसार आगामी आर्थिक वर्ष २०७५÷७६ मा ७७ वटै जिल्लामा यो सुविधा उपलब्ध हुनेछ ।अहिलेसम्म ५ लाख ९० हजारलेस्वास्थ्य बिमा गरिसकेका छन्। निर्देशक लोहनीका अनुसार अति गरिबलाई सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा योगदान (प्रिमियम) रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तैगरिबले ७५ र सीमान्तकृत गरिबले ५० प्रतिशत योगदान रकममा छुट पाउनेछन्।
‘स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारका सबैसदस्यलेछुट्टाछुट्टैपरिचयपत्र पाउ“छन्,’ उनले भने, ‘प्रत्येक सदस्यले सेवा लिन जादा आफ्नो परिचयपत्र अनिवार्य लिएर जानुपर्ने छ ।’ १ देखि ५ जनासम्मको बिमा शुल्क २ हजार ५ सय लाग्ने छ । यसको अवधि एक वर्षको हुनेछ । विमितले सरकारी अस्पतालमा अन्तरंग,शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा बिमा रकम बराबरकोस्वास्थ्य सेवा उपभोग गर्न पाउनेछन्। कार्यकारी निर्देशक लोहनीका अनुसार सरकारी अस्पतालमा नभएका सेवा नजिकका निजी स्वास्थ्य संस्थासग सम्झौता गररे उपलब्ध गराइने छ । यसको सुरुवात आर्थिक वर्ष ०७२÷७३ मा कैलाली, बागलुङ र इलामबाट भएकोहो।कान्तिपुरबाट
Leave a Reply