• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सम्मानित

March 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सम्मानित

हेल्थ टुडे,

काठमाडौं,  ६ चैत :  हेल्थ टुडेका सम्पादक पदमराज जोशी सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट मुख स्वास्थ्यका क्षेत्रमा जनचेतना बिस्तार गर्नमा उल्लेख्य भूमिका निभाएको भन्दै नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनले  मंगलबार राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरे, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव काशीनाथ रिमाल र बुटबलस्थित आले डेन्टल हस्पिटललाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले सरकारले मुख स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन । मुख स्वास्थ्यका कार्यरत जनशक्तिका जायज मागका पक्षमा आफू सधै लागिरहने प्रतिवद्वता व्यक्त गर्दै स्वास्थ्य मन्त्रालय सरोकारवालाको सल्लाह अनुसार अगाडि बढ्नेमा उनले जोड दिइन । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले मुख स्वास्थ्यमा मात्र ध्यान दिन सकिए क्यान्सर, डाइवेटिजजस्ता ५० प्रतिसत रोगको संक्रमण रोक्न सकिने दावी गरे । ९९ प्रतिसत नेपालीले दात माझ्ने गरेको तथ्यांक प्रस्तुत गर्दै तर ती मध्ये ९० प्रतिसतलाई सही तरिकाले दात माझ्न नजान्ने गरेकाले सही तरिकाले दात माझ्ने सिपका बिषयमा चेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको औल्याए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव रिमालले मुख स्वास्थ्यको सुधारका लागि यसका संलग्न मध्यम वर्गिय जनशक्तिले उचित अवसर पाउनु पर्नेमा जोड दिए । एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले हरेक स्थानिय तहका स्वास्थ्य संस्थासम्म डेन्टल हाइजिनिष्टको दरबन्दी सिर्जना भएपछि मात्र सर्वसाधारणले ग्रामिण स्तरमै मुख स्वास्थ्य उपचार सेवा पाउने भएकाले सरकारले यस बिषयमा पहल गर्नुपर्ने बताए । कार्यक्रममा मेलानका अध्यक्ष राजेन्द्र खड्का, इस्टुडेन्ट एसोसिएसनका मनिष खड्का, हेल्थ असिस्टेन्ट एसोसिएसनका उपाध्यक्ष मेघनाथ चौलागाई लगायतले सरकारले मुख स्वास्थ्यलाई प्राथमकिताका राख्नु पर्ने बताएका थिए । 

एसोसिएसनकै नेतृत्वमा मंगलबार राजधानीका प्रमुख चोकहरुमा सही तरिकाले दात माझ्ने कला सिकाइएको छ । एसोसिएसनको आयोजनामा राजधानीका प्रमुख चोकहरु चावहिल, सुकेधारा, धुम्बाराही, चक्रपथ, बसुन्धरा, गंगवु, बानेश्वर, कोटेश्वर सहित २३ वटा चोकमा डेन्टल हाइजेनिस्टहरुले दात माझ्ने सही तरिका सिकाइएको हो । सही तरिकाले दात माझ्न नजान्दा दातहरु विग्रने गरेको पाइएकोले मुख स्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृति हटाएर मुख स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न सही किसिमले दात माझ्न सिकाउन अभियान सञ्चालन गरिएको एसोसिएसनका अध्यक्ष देवकोटाले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कञ्चनपुरमा कम उमेरका आमा बढ्दै
Next article राष्ट्रिय क्षयरोग केन्द्र र नगरपालिकाबीच ६ बुँदे सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web