• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सम्मानित

March 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सम्मानित

हेल्थ टुडे,

काठमाडौं,  ६ चैत :  हेल्थ टुडेका सम्पादक पदमराज जोशी सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट मुख स्वास्थ्यका क्षेत्रमा जनचेतना बिस्तार गर्नमा उल्लेख्य भूमिका निभाएको भन्दै नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनले  मंगलबार राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरे, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव काशीनाथ रिमाल र बुटबलस्थित आले डेन्टल हस्पिटललाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले सरकारले मुख स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन । मुख स्वास्थ्यका कार्यरत जनशक्तिका जायज मागका पक्षमा आफू सधै लागिरहने प्रतिवद्वता व्यक्त गर्दै स्वास्थ्य मन्त्रालय सरोकारवालाको सल्लाह अनुसार अगाडि बढ्नेमा उनले जोड दिइन । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले मुख स्वास्थ्यमा मात्र ध्यान दिन सकिए क्यान्सर, डाइवेटिजजस्ता ५० प्रतिसत रोगको संक्रमण रोक्न सकिने दावी गरे । ९९ प्रतिसत नेपालीले दात माझ्ने गरेको तथ्यांक प्रस्तुत गर्दै तर ती मध्ये ९० प्रतिसतलाई सही तरिकाले दात माझ्न नजान्ने गरेकाले सही तरिकाले दात माझ्ने सिपका बिषयमा चेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको औल्याए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव रिमालले मुख स्वास्थ्यको सुधारका लागि यसका संलग्न मध्यम वर्गिय जनशक्तिले उचित अवसर पाउनु पर्नेमा जोड दिए । एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले हरेक स्थानिय तहका स्वास्थ्य संस्थासम्म डेन्टल हाइजिनिष्टको दरबन्दी सिर्जना भएपछि मात्र सर्वसाधारणले ग्रामिण स्तरमै मुख स्वास्थ्य उपचार सेवा पाउने भएकाले सरकारले यस बिषयमा पहल गर्नुपर्ने बताए । कार्यक्रममा मेलानका अध्यक्ष राजेन्द्र खड्का, इस्टुडेन्ट एसोसिएसनका मनिष खड्का, हेल्थ असिस्टेन्ट एसोसिएसनका उपाध्यक्ष मेघनाथ चौलागाई लगायतले सरकारले मुख स्वास्थ्यलाई प्राथमकिताका राख्नु पर्ने बताएका थिए । 

एसोसिएसनकै नेतृत्वमा मंगलबार राजधानीका प्रमुख चोकहरुमा सही तरिकाले दात माझ्ने कला सिकाइएको छ । एसोसिएसनको आयोजनामा राजधानीका प्रमुख चोकहरु चावहिल, सुकेधारा, धुम्बाराही, चक्रपथ, बसुन्धरा, गंगवु, बानेश्वर, कोटेश्वर सहित २३ वटा चोकमा डेन्टल हाइजेनिस्टहरुले दात माझ्ने सही तरिका सिकाइएको हो । सही तरिकाले दात माझ्न नजान्दा दातहरु विग्रने गरेको पाइएकोले मुख स्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृति हटाएर मुख स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न सही किसिमले दात माझ्न सिकाउन अभियान सञ्चालन गरिएको एसोसिएसनका अध्यक्ष देवकोटाले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कञ्चनपुरमा कम उमेरका आमा बढ्दै
Next article राष्ट्रिय क्षयरोग केन्द्र र नगरपालिकाबीच ६ बुँदे सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web