हेल्थ टुडे,
काठमाडौं, ३ चैत : सरकारले महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण पनि नि : शुल्क गर्ने घोषणा गरेको छ । सुरक्षित मातृत्व दिवसको अवसरमा परिवार स्वास्थ्य महाशाखाले त्रिवि शिक्षण अस्पतालमा सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुवा र क्यान्सरको परीक्षण पनि नि : शुल्क गर्ने घोषणा गरेकी हुन् । यो कार्यक्रम वैशाखदेखि असारसम्मभित्र लागू गरिने स्वास्थ्य अर्यालले बताइन् ।
गत वर्षदेखि सरकारले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निशुल्क गरेको थियो । सरकारले सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष खडा गर्ने पनि घोषणा गरेको छ । राज्य मन्त्री अर्यालले भनिन् ‘ एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ, यो कोष आकस्मिक प्रसुति सेवामा उपयोग र प्रयोग गरिनेछ ।’
यो कार्यक्रम सरकारले साउन, भदौ र असोज महिनाभित्र सुरु गर्ने सरकारको तयारी छ ।मन्त्री अर्यालले सार्वजनिक विद्यालयमा पढ्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्ने पनि जानकारी दिइन ।
Leave a Reply