• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गर्मीमा रोग चाँडो फैलने हुँदा स्वास्थ्य प्रति सचेत रहन आग्रह

April 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मीमा रोग चाँडो फैलने हुँदा स्वास्थ्य प्रति सचेत रहन आग्रह

हेल्थ टुडे,
तुलसीपुर, दाङ, ७ वैशाख ः केही दिनदेखि दाङमा गर्मी बढेसँगै दाङका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ ।
उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छाला सम्बन्धीका बिरामी बढी रहेका छन् । त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छाला सम्बन्धीका बिरामी बढी रहेका छन् । गर्मी समयमा छाला सुख्खा हुने हुँदा छाला सम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा. प्रताप पोखरेलले बताउनुभयो ।
तुलसी अस्पताल तुलसीपुरमा पनि उपचार गराउन आउने बालबालिकाको संख्या बढिरहेको सो अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.किशोर खत्रीले केही दिनयता निमोनिया, झाडापखाला, श्वासप्रश्वासमा समस्या, कमलपित्त, भाइरल ज्वरोका बिरामी बालबालिका उपचारका लागि आउनेको संख्या वृद्धि भएको बताउनुभयो । त्यसैगरी लमही अस्पतालमा पनि उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
गर्मी मौसममा पानी धेरै खानुपर्ने, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान डाक्टरले सुझाव दिएका छन् । उनीहरुले जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्य प्रति सचेत रहन आग्रह समेत गरेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढ्दै गएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङमा बुधबार अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताललाई थाइराइडको क्यान्सर पत्ता लगाउने सफ्टवेयर हस्तान्तरण
Next article स्वस्थ जीवनका लागि सन्तुलित आहार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web