• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने

June 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने

कालीकोट, ७ असारः जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकी अन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर आउने १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिएको बताउनुभएको छ ।
कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा आइरन चक्की सुत्केरी अवस्थामा मात्र खुवाउन थालेपछि अधिकांश सुत्केरीले प्रयोगमा नल्याउने परम्परा बसेका कारण किशोरीबाट नै शुरुवात गर्दा प्रयोग हुनुका साथै जनचेतनाका क्षेत्रमा समेत सहजता हुने विश्वास लिइएको छ ।
आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले नगरपालिकाका सबै वडामा यस अभियानको थालनी गर्नुपर्ने खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताउनुभएको छ । उहाँले महिलाका जीवनमा आइपर्ने समस्या हल गर्न स्वास्थ्य क्षेत्रमा पहिलो ध्यान जानुपर्ने बताउनुभयो ।
जिल्लामा यसअघि जिल्ला स्वास्थ्य कार्यालय, कालीकोट तथा अन्य गैरसरकारी निकायसँगको समन्वयमा किशोरकिशोरी परामर्श केन्द्र सञ्चालनमा आएपनि अहिले भने ती परामर्श केन्द्र अलपत्र परेका छन् । कालीकोट जिल्लामा पछिल्लो समयमा युवा लक्षित कार्यक्रम सन्चालन हुँदै आएका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३०० ले लिए योग र स्वस्थ जीवनका बारेमा तीन दिने प्रशिक्षण
Next article विद्यार्थी बेहोस हुन थालेपछि पढाइ प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131825
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web