हेल्थ टुडे,
काठमाडौं, ३२ असारः प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ ।
चिकित्सा शिक्षा विधेयक पुरानै स्वरुपमा ल्याउन माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गरेको हो । आज विधेयक संसदमा पेस गर्ने सरकारको कार्यसूची थियो । तर पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएको कांग्रेसले अवरोध गरेपछि आजको बैठक आधा घन्टाका लागि स्थगित भएको हो ।
अध्यादेश अनुसारको विधेयक नआए संसद्मा काँग्रेसले सशक्त विरोध गर्ने चेतावनी दिदै आएको छ ।
Leave a Reply