• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहरी स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण–सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास

July 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहरी स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण–सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास

पोखरा, ४ साउनः पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ ।
बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।
विगत लामो समयदेखि पार्दी विरौटा स्थित वडा कार्यालयको भवनबाटै प्रदान गर्दै आएको स्वास्थ्य सेवा आजदेखि उक्त नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सेवाको शुभारम्भ गर्दै केन्द्र सञ्चालन पश्चात् यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले स्वास्थ्य चौकी भवन निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरी सुविधा विस्तार गर्दै जाने उल्लेख गर्नुभयो ।
सो केन्द्रबाट हाल नेपाल सरकारले तोकेका ३७ प्रकारका औषधि निःशुल्क प्रदान गर्नाका साथै खोप, पोषण, बालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोगलगायतका विभिन्न सुविधा उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख निर्मला आचार्यले जानकारी दिनुभयो ।
भवन निर्माण समितिका अध्यक्ष भगवान पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, महाशाखा प्रमुख हेमन्त पौडेल, वडा सचिव प्रजापति बराललगायतले शहरी स्वास्थ्य केन्द्रमा थप सेवा सुविधाका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
सो स्वास्थ्य केन्द्र भवन सञ्चालनसँगै सेवाग्राहीलाई यातायातको सुविधा पु¥याउनाका साथै चिकित्सक सहित प्रयोगशालाको व्यवस्था हुनुपर्ने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित
Next article जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web