• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भवन नहुँदा स्वास्थ्यसेवा दिन कठिनाइ

September 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भवन नहुँदा स्वास्थ्यसेवा दिन कठिनाइ

काठमाडौँ, १८ भदौः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ ।
पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा अस्पतालमा भर्ना भएका २८ हजार ५०३ महिलामध्ये २० हजार ६८० महिला सुत्केरी भएका थिए ।
अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले अस्पतालको ५९ आँै वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा सुत्केरी भएकामध्ये ६ हजार ८२ महिलाको मात्र शल्यक्रियाका माध्यमबाट बच्चा जन्माइएको जानकारी दिनुभयो ।
प्रसूति तथा स्त्रीरोग उपचारका लागि ४१५ श्ययाको सो अस्पतालको भवनलाई भूकम्पले क्षति पु¥याएका कारण अहिले ३५० श्ययामा खुम्चिन बाध्य रहेको छ । जापान सरकारको सहयोगमा निर्माणाधीन तीन तले भवन अगामी वर्ष हस्तान्तरण गर्ने कार्यक्रम छ ।
“श्ययाको अभावमा अस्पतालमा सेवा लिन आउने बिरामीलाई नफर्काउने तथा अन्यत्र नपठाउने अस्पतालको नीति छ । आर्थिक अभाव भएर बिरामी बिना उपचार फर्किनु पर्दैन”, निर्देशक प्रा डा गौतमले भन्नुभयो ।
आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघर उपचार सुरक्षित गर्भपतन लगायतका सेवा अस्पतालमा निःशुल्क रहेको छ । गत आवमा एक हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । गत आवमा एक लाख ८४ हजार १९९ महिलाले प्रसूति तथा स्त्रीरोग सेवा लिएका थिए ।
हाल अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्नातकोत्तर (एमडी), प्रसूति नर्सिङ (मिडवाइफरी) तथा परोपकार नर्सिङसमेत सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले दरबन्दी अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रदेश तहमा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस अस्पताल प्रसूति तथा स्त्रीरोग उपचारमा केन्द्रीय अस्पताल हुने छ भन्नुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक डा आरपी विच्छाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई थप सहयोग प्रदान गर्ने जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डा लता बज्राचार्यले मातृशिशु तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको अस्पतालाई अगामी दिनमा सरकारले थप आर्थिक सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकसँग सहमती, हड्ताल सोमबारसम्म स्थगित
Next article अस्पतालमा स्तनपान कक्ष स्थापना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web