हेल्थ टुडे,
ललितपुर : अनमोल आयुर्वेदिक सेवा केन्द्रले शाखा कार्यालय सातदोबाटोमा शनिबार आयोजना गरेको नि : शुल्क स्वास्थ्य शिविरमा एकसय ७५ जना विरामीले उपचार पाएका छन् । शिविरको एक समारोहबिच नेपाल आयुर्वेद डक्टर्स संघका अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका प्रमुख डा .प्रकाश ज्ञावाली र आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा . शंकर पौडेलले उद्घाटन गरेका थिए । बिहान ९ बजे देखि दिउँसो ३ बजे शिविर चलेको थियो । शिविरमा पेटरोग, पायल्स, फिस्टुला, वायुगोला, जण्डिस, अपच, हेपाटाइटिस ,ग्यास्ट्रीक लगायतका रोगको जाँच र उपचार गरिएको थियो । डा. ईला पौडेल, डा. प्रविना श्रेष्ठ ,डा.रन्जु शाह, डा. राजकुमार शाह र अनमोल आयुर्वेदका ल्याब प्रमुख पमा लामा स्वास्थ्य परिक्षण र उपचारमा संलग्न भएका थिए ।
कार्यक्रममा अनमोल आयुर्वेदिक सेवा केन्द्रका अध्यक्ष मानबहादुर साउद, सातदोबाटो प्रहरी प्रभागका डिएसपी गौतम मिश्र, प्रहरी साहायक निरिक्षक मानबहादुर ठगुन्ना , कम्युनिटी हेल्थ एकेडेमीका सिपि शर्मा, बिजया थापा र पन्नाराज वज्राचार्य पनि सहभागी थिए । अनमोलले बेला बेलामा यस प्रकारका शिविर सञ्चालन गर्दै आइरहेको छ ।
Leave a Reply