हेल्थ टुडे,
काठमाडौं, ११ पुस : नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविश्यमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । कलेजो प्रत्यारोपणका लागि पूर्वाधार निर्माण, लाइसेन्स लिने काम र आवश्यक विज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीको टीम बनाउनमा अस्पताल लागिरहेको छ । नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपण सम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक र चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी ), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेको अस्पतालले जनाएको छ ।
अस्पताल कलेजो प्रत्यारोपणको तयारीमा रहेको जानकारी गराएपनि कति समयसम्म प्रत्यारोपण सेवा सुरु गर्ने भन्ने कुनै समयसिमा अस्पतालले उल्लेख गरेको छैन । कलेजो प्रत्यारोपण सेवा निकै महंगो र संवेदनशिल सेवा मध्येको एक हो । नेपालमा सरकारी अस्पताल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मात्र दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ । निजी क्षेत्रका कुनै पनि अस्पतालले नेपालमा कलेजो प्रत्यारोपया सेवा सुरु गर्न सकेका छैनन् । त्रिवि शिक्षण अस्पतालले यसै बर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिसकेको भएपनि अझै सुरु हुन सकेको छैन ।
Leave a Reply