• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो

March 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो

हेल्थ टुडे,
जुम्ला,२४ फागुनः ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढ्दै गएको छ । पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएपछि स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् ।

जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत उपचार र सचेतना अभिवृद्धि कार्यक्रम अघि सारेको छ । सन्ध्या फाउण्डेशनसँगको साझेदारीमा क्यान्सर रोग विशेषज्ञ गाउँपालिकामै ल्याएर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिएको छ ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानले दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको बताए । गाउँमै पहिलोपटक महिलाको पाठेघरको मुखको क्यान्सर उपचार गराउन पाउँदा स्थानीय दङ्ग थिए ।

सदरमुकामसम्म पुग्ने खर्चको जोहो गर्न नसक्दा रोग पाल्नुको विकल्प नभएको अनुभव सुनाउँदै उनीहरुले स्थानीय सरकारले गाउँमै उपचार गराउने वातावरण बनाउँदा राहत महशुस गरको बताए । ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो–ओराले गर्नुपर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने गर्छ ।

जुम्लाको गुठिचौर गाउँपालिकामा एक दिन र तातोपानी गाउँपालिकामा दुई दिन क्यान्सरको उपचार गरिएको थियो । तातोपानी गाउँपालिकामा ३०० र गुठीचौर गाउँपालिकामा १०० जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् । पाठेघरको मुखको क्यान्सरको उपचारका लागि काठमाडौँदेखि नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक डा सरिता घिमिरेसहितको सात जनाको टोली जुम्ला पुगेको थियो ।

उपचार गरेकामध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको जनाइएको छ । जुम्लाका महिला प्रायः बालविवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको चिकित्सकले बताएका छन् ।

noteburner itunes audio converter

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार
Next article यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ‘ग्लोबल ग्याग रुल ’ को नकारात्मक असर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web