• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ‘ग्लोबल ग्याग रुल ’ को नकारात्मक असर

March 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ‘ग्लोबल ग्याग रुल ’ को नकारात्मक असर

हेल्थ टुडे,

काठमाडौं, २४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा यौन तथा प्रजनन् स्वास्थ्यमा विदेशी राष्ट्रहरुलाई दिइने सहयोग कटौती गर्न ल्याएको  नियम ‘ग्लोबल ग्याग रुल ’का कारण नेपालमा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रमहरुमा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ । वातावरण,स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र इन्टरनेशनल ओमेन्स हेल्थ कोलिसन (आईडब्लूएचसी) ले शुक्रबार राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले ग्लोवल ग्याग रुलले नेपालको महिला स्वास्थ्यमा भइरहेको प्रगतिलाई कायम राख्न बाधा पुर्याउने भएकाले सरकार सहित सरोकारवाला निकायले बेलैमा सचेत हुनु पर्ने आवश्यकता औल्याएको छ ।

डा. महेश पुरीको नेतृत्वमा, कृपाका कुशुम वाग्ले, भानिषा रायोज र यसस्वी डंगोलले संयुक्त रुपमा गरहेको अध्ययनमा ग्लोवल ग्याग रुपका कारण अमेरिकी सरकारले प्रदान गर्ने सहयोग राशी कटौती हुन थालेकाले बिशेष गरि सुरक्षित गर्भपतन सेवा प्रदानमा अवरोध आउने उल्लेख गरिएको छ । अध्ययनले अमेरिकी सरकारले नेपालको यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका कति रकम उपलब्ध गराउदै आइरहेको र ग्याग रुलका कारण अहिलेसम्म कुन कुन सेवामा बाधा पुगेको प्रष्ट उल्लेख नगरिएको भए पनि यसले बिस्तारै सेवा प्रवाहमा असर देखिन थालेको औल्याइएको छ । कृपाले सन् २०१८ मा विभिन्न गैरसरकारी संस्था, सेवा प्रदायक संस्था, सरकारी अधिकारी, सेवाग्राही र मिडियाकर्मी गरि ३९ जनाको ग्याग रुलका बिषयमा गहन अन्तरवार्ता गरेको थियो । नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत आईपास नेपाल, मेरी स्टोप्स, परिवार नियोजन संघ लगायतका संस्थाहरुलाई कुनै न कुनै रुपमा अमेरिकाले सहयोग गर्दै आइरहेको थियो । कार्यक्रममा कृपाका अध्यक्ष आनन्द तामाङले ग्याग रुलका कारण नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा पर्ने असर देखिन थालेको दावी गर्दै अमेरिकी सरकारलाई यसलाई हटाउन दवाव दिनु पर्नेमा जोड दिए ।

आईपासका कन्ट्री डाइरेक्टर शिबेश रेग्मीले ग्याग रुलले बिगतमा त्यति धेरै असर परेको जस्तो नदेखिएको भए पनि सुरक्षित गर्भपतनका क्षेत्रमा पूर्ण रुपमा सहयोग कटौती भएकाले निकट भविश्यमै यसको गम्भिर असर देखिने दावी गरे । सुरक्षित गर्भपतन सेवाका साथै यसका बिषयमा जनचेतना जगाउने कार्यक्रममा समेत सहयोग रोकेकाले त्यसको असर मातृ मृत्यु र बालमृत्यु दरमा समेत पर्ने भएकाले सरकारले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा बजेट बढाउनु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो
Next article १२ वर्षकी बालिकाले जन्माइन बच्चा, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web