• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवाका कर्मचारी समायोजनः एक जना डाक्टरले मात्र रोजे कर्णाली प्रदेश

April 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवाका कर्मचारी समायोजनः एक जना डाक्टरले मात्र रोजे कर्णाली प्रदेश

हेल्थ टुडे,
सुर्खेत,२७ चैतः कर्मचारी समायोजनका क्रममा कर्णाली प्रदेश बाहिरका एक जना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले समेत प्रदेश बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे पनि सरकारले संघमा पारेको बताएका छन् । डाक्टरले कर्णाली नरोजेको भन्दा पनि सरकारले कर्णालीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । संघ रोजेका डा.गणेश थापालाई प्रदेशमा पारिएको छ । कर्णालीमा ९ जिल्ला अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, आठ जिल्ला आयुर्वेद केन्द्र र दुई आयुर्वेद औषधालय छन् ।

समायोजनको असर प्रदेश अस्पताल सुर्खेतमा पनि देखिएको छ । २४ विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले कार्यरत ११ मध्ये ९ जनाले संघ र अरू प्रदेश रोजेका छन् । प्रदेश अस्पतालमा समायोजनपछि दुई जना मात्र विशेषज्ञ डाक्टर हुने भएपछि अप्रेसनलगायतका महत्त्वपूर्ण विशेषज्ञ सेवा प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्मर खड्काले बताए । समायोजनको पदस्थापनापछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह र सर्जन डा. सुजन सापकोटा मात्र रहनेछन् । चार जना स्थायी मेडिकल अधिकृतमध्ये एक जनाबाहेक अरूले कर्णाली प्रदेश रोजेनन् ।

आफूहरूलाई संघमातहत राखेर सबैतिर जाने व्यवस्था गर्नुपर्ने माग डाक्टरहरूको छ । प्रदेश अस्पतालको स्तरोन्नति गरेर कर्णालीमै सर्वसुलभ स्वास्थ्य सेवा दिने लक्ष्यमा केन्द्र सरकारले बाधा पैदा गरेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आरोप लगाए । प्रदेश अस्पताललाई तीन सय शय्याको बनाएर उपचार सेवा प्रभावकारी बनाउने कर्णाली प्रदेश सरकारले उद्घोष गरेको थियो । समायोजनको यो प्रारुप देखिएपछि अब प्रदेश सरकारको योजना असफल हुने देखिएको छ ।(कान्तिपूर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुरमा बर्ड फ्लूको संक्रमणः १३ सय कुखुरा नष्ट
Next article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाजुरा र अछाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web