• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महाकाली अञ्चल अस्पतालमा निःशुल्क औषधि वितरण बन्द

April 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महाकाली अञ्चल अस्पतालमा निःशुल्क औषधि वितरण बन्द

हेल्थ टुडे,
कञ्चनपुर,१० बैशाखः कञ्चनपुर स्थिति महाकाली अञ्चल अस्पतालमा औषधिको अभाव भएको छ । अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधिको चरम अभाव भएको हो । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् ।

बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतलाई निःशुल्क औषधि दिँदै आइरहेको थियो । चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन नसक्ने जानकारी दिएको छ ।

महाकाली अञ्चल अस्पताल प्रशासनले औषधिका लागि सङ्घीय सरकारबाट चालू आर्थिक वर्षमा रु तीन लाखमात्रै आएको जनाएको छ । औषधि अभाव भएपछि औषधि उपलब्ध गराउनका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पहल भईरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले औषधि आएपछि लक्षित वर्गलाई पुनः निशुल्क औषधि वितरण शुरु हुने जनाएको छ । औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना लक्षित वर्गका बिरामी मारमा परिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् हृदयघात हुनु एक महिनाअघि शरीरमा देखा पर्ने संकेत...
Next article २० वर्षीया एक युवतीले जन्माइन् एकै पटक चार सन्तान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131916
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web