• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मुटु रोग लागेको छ कि छैन ? आफै यसरी थाहा पाउन सकिन्छ…

May 5th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुटु रोग लागेको छ कि छैन ? आफै यसरी थाहा पाउन सकिन्छ…

डा.ओममूर्ति अनिल, मुटुरोग विषेशज्ञ–
हेल्थ टुडे,
काठमाडौ,बैशाखः अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ । संसारभरी नै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुन पुग्छन् ।

अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला) आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ । एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ । रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

छाती दुख्नु र पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी–करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ । छातीको सानो भागमा ५ वर्ग से।मी। क्षेत्रफल भन्दा कम भएमा प्रायः मुटुको नभएर मांसपेशीको दुखाइले हुन्छ ।

मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुझ्नु पर्छ । स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ । प्रायः उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी–गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ । तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्रायः केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्रायः उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ । बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटुरमस्तिष्करमानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ । (डा.ओममूर्ति अनिल डट्कमबाट साभार)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिरा सेवन ७० प्रतिशतले बढ्यो, हानिकारक मदिरा सेवन नियन्त्रण गराउने लक्ष्य धेरै टाढा
Next article ८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web