• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नसर्ने रोगबाट नेपालमा हरेक वर्ष १ लाख २७ हजार बढीको मृत्यु

July 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818
नसर्ने रोगबाट नेपालमा हरेक वर्ष  १ लाख २७ हजार बढीको मृत्यु

हेल्थ टुडे,
काठमाडौ,१० साउनः नेपालमा नसर्ने रोगले वार्षिक १ लाख २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको पाइएको छ । रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झन्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने हालै सम्पन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाबाट चोटपटक लागेर घाइते भएकामध्ये झण्डै ९ प्रतिशतको मृत्यु हुने पाइएको छ। बदलिँदो रहनसहन र खानपानका कारण मिर्गौला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगको प्रकोप बढेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले यो तथ्याङ्क देखाएको हो । अनुसन्धान परिषद्ले सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा अनुसन्धान गरेको थियो । अध्ययनमा मृत्युको मुख्य कारणमा सर्नेभन्दा नसर्ने रोग बढी भएको उल्लेख छ।

नसर्ने रोगमध्ये अधिकांशको ज्यान मुटुसम्बन्धी रोगबाट जाने गरेको छ। नसर्ने रोगबाट ज्यान गुमाएका ६ जनामध्ये एकजना मुटुरोगी भएको पाइएको छ। यो नसर्ने रोगबाट मर्नेमध्ये कुल संख्याको १६ प्रतिशत हो। दोस्रोमा स्वास प्रश्वासजन्य रोग (सीओपीडी) का कारणबाट पनि धेरैको मृत्यु हुने गरेको छ। नसर्ने रोग लागेकामध्ये झन्डै १० प्रतिशतको मृत्यु श्वासप्रश्वासजन्य समस्याले हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु हुने १० जनामध्ये एक जनाको स्वासप्रश्वास सम्बन्धी दीर्घरोगबाट ज्यान जाने गरेको छ।

जनसंख्यामा आधारित अध्ययनमा सीओपीडीबाट र मधुमेह र मिर्गौलासम्बन्धी रोगले ज्यान गुमाउनेहरु बढेका छन् । नसर्ने रोगको भार बढिरहेकाले स्वास्थ्य नीतिमा प्राथमिकता दिनु पर्ने सुझावसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाले जानकारी दिए। उनका अनुसार, मुटु, फोक्सो, मिर्गौला र मधुमेहका बिरामी बढिरहेका छन्।

प्रदेशगत रूपमा गण्डकी प्रदेशमा मुटु र मिर्गौलाका बिरामी धेरै पाइएको छ। कर्णाली प्रदेशमा सीओपीडी र मधुमेहका बिरामी धेरै देखिएका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर
Next article खाद्य तथा गुण नियन्त्रणको महानिर्देशकमा डा. मतीना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134566
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

70
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

66
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web