• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नसर्ने रोगबाट नेपालमा हरेक वर्ष १ लाख २७ हजार बढीको मृत्यु

July 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नसर्ने रोगबाट नेपालमा हरेक वर्ष  १ लाख २७ हजार बढीको मृत्यु

हेल्थ टुडे,
काठमाडौ,१० साउनः नेपालमा नसर्ने रोगले वार्षिक १ लाख २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको पाइएको छ । रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झन्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने हालै सम्पन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाबाट चोटपटक लागेर घाइते भएकामध्ये झण्डै ९ प्रतिशतको मृत्यु हुने पाइएको छ। बदलिँदो रहनसहन र खानपानका कारण मिर्गौला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगको प्रकोप बढेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले यो तथ्याङ्क देखाएको हो । अनुसन्धान परिषद्ले सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा अनुसन्धान गरेको थियो । अध्ययनमा मृत्युको मुख्य कारणमा सर्नेभन्दा नसर्ने रोग बढी भएको उल्लेख छ।

नसर्ने रोगमध्ये अधिकांशको ज्यान मुटुसम्बन्धी रोगबाट जाने गरेको छ। नसर्ने रोगबाट ज्यान गुमाएका ६ जनामध्ये एकजना मुटुरोगी भएको पाइएको छ। यो नसर्ने रोगबाट मर्नेमध्ये कुल संख्याको १६ प्रतिशत हो। दोस्रोमा स्वास प्रश्वासजन्य रोग (सीओपीडी) का कारणबाट पनि धेरैको मृत्यु हुने गरेको छ। नसर्ने रोग लागेकामध्ये झन्डै १० प्रतिशतको मृत्यु श्वासप्रश्वासजन्य समस्याले हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु हुने १० जनामध्ये एक जनाको स्वासप्रश्वास सम्बन्धी दीर्घरोगबाट ज्यान जाने गरेको छ।

जनसंख्यामा आधारित अध्ययनमा सीओपीडीबाट र मधुमेह र मिर्गौलासम्बन्धी रोगले ज्यान गुमाउनेहरु बढेका छन् । नसर्ने रोगको भार बढिरहेकाले स्वास्थ्य नीतिमा प्राथमिकता दिनु पर्ने सुझावसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाले जानकारी दिए। उनका अनुसार, मुटु, फोक्सो, मिर्गौला र मधुमेहका बिरामी बढिरहेका छन्।

प्रदेशगत रूपमा गण्डकी प्रदेशमा मुटु र मिर्गौलाका बिरामी धेरै पाइएको छ। कर्णाली प्रदेशमा सीओपीडी र मधुमेहका बिरामी धेरै देखिएका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर
Next article खाद्य तथा गुण नियन्त्रणको महानिर्देशकमा डा. मतीना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134281
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web