हेल्थ टुडे,
काठमाडौ,१२ साउनः चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि संघले प्रमुख निर्वाचन अधिकृत तोकेको छ। योसंगै नयाँ कार्यकालका लागि चुनावी चहलपहल सुरु भएको छ ।
संघको निर्वाचन आगामी माघमा गर्ने तयारी भइरहेको छ । शनिवार बसेको संघको काउन्सिल बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सहसचिव डा. बाबुराम मरासिनीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो।
निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ । निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्।
डा.मरासिनीले सिफारिस गरेका अधिकृतको नामलाई संघको कार्यकारिणीले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । निर्वाचनपछि फागुनको १५ देखि १७ गते पोखरामा एनएमए सम्मेलन हुनेछ ।
Leave a Reply