• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

हेल्थ टुडे,
विराटनगर,१४ साउनः स्वास्थ्य मन्त्रालयको टोलीले कोशी अञ्चल अस्पतालमा आकस्मिक अनुगमन गर्दा अस्पतालको वहिरंग विभागमा ९० प्रतिशत चिकित्सक अनुपस्थित रहेको पाईएको छ । अनुगमनका क्रममा मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादवले अस्पतालको वहिरंग विभागमा ९० प्रतिशत चिकित्सकको उपस्थिती नभएको जानकारी दिए। अधिकृत यादव अनुगमनका क्रममा आफै विरामी बनेर अस्पताल पुगेका थिए ।

पछिल्लो समय सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु नीजि अस्पताल तथा क्लिनिकमा केन्द्रित हुन थालेको गुनासोसंगै आफू अनुगमनमा पुगेको अधिकृत उनले जानकारी दिए । बिरामीको बहानामा दिउँसो करिब साढे १ बजे कोशी अञ्चल अस्पताल पुगेका यादवले विभिन्न विभाग पूरै खाली भएको बताए । उनले अस्पतालमा देखिएको लापरवाही तथा चिकित्सकको अनुपस्थिति बारेमा प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउने जानकारी दिएका छन् ।

तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रोशन पोखरेलले अस्पतालको केही विभागमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति हुन नसक्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको दावी गरे । उनले कार्यालय समयमा चिकित्सकहरु काममा नभेटिनु कमजोरी रहेको स्वीकारे । अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ती पाएका विशेषज्ञसहित ६० जना चिकित्सक कार्यरत छन् । २५ जनालाई अस्पताल विकास समितिले नियुक्ती दिएको छ । यस्तै, नेपाल सरकारले १४ जना करारमा नियुक्त गरेको छ । करारमा रहेका चिकित्सकको अवधि थप गरिएको छैन ।

अस्पतालमा कार्यरत चिकित्सकले बहिरंग विभागमा दैनिक बिहान ९ देखि दिउँसो २ बजेसम्म काम गर्नु पर्ने हुन्छ। तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुगिसक्ने गरेको बिरामी र आफन्तहरुको गुनाशो छ । अस्पतालमा दैनिक १ हजार २ सय जना भन्दा बढी बिरामी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालमा उचित स्वास्थ्य सेवा नभएको र चिकित्सकले सरकारी सेवा लिएर निजी स्वास्थ्य संस्थामा बढी समय दिने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालमा उपकरण बिग्रिने रोगः स्वास्थ्यमन्त्री भन्छन्‘नियतवश उपकरण बिगार्ने काम भईरहेको छ’
Next article घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web