हेल्थ टुडे,
हेटौंडा,२४ साउनः मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको स्वाथ्य संस्थाहरुले जनाएका छन् । साउन १ देखि २३ गते ८२ जना डेंगु संक्रमित फेला परेका छन् ।
बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । केही बिरामी भने उपचारका लागि काठमाडौं गएका छन् ।
बिरामीको संख्या अझै धेरै हुने स्वास्थ्य शाखाले जनाएको छ । डेंगुको संक्रमणका कारण गत वर्ष दुई जनाको मृत्यु भएको थियो। तर,यसवर्ष पनि डेंगु संक्रमण फैलिरहँदा उपमहानगरपालिका भने सामान्य जनचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने काममा मात्र सीमित रहेको छ ।
Leave a Reply