• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूदुरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा अत्याधुनिक एम्बुलेन्स सेवा

August 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूदुरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा अत्याधुनिक एम्बुलेन्स सेवा

हेल्थ टुडे,
धनगढी,२६ साउनः सूदुरपश्चिम प्रदेश सरकारले प्रदेशका ७ पहाडी जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ । हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुने जनाइएको छ । सुदुरपश्चिम प्रदेशमा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स थिएन। प्रदेशमा ७ वटा पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेश सभाका १६ निर्वाचन क्षेत्र छन् । खरिद गरिएका एम्बुलेन्स दशैँ अगाडि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिने जनाइएको छ ।

‘बी ग्रेड’ को एम्बुलेन्समा आकस्मिक उपचारका उपकरणसँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ‘ए ग्रेड’का सबै उपकरण र सुविधा हुने जनाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण गरिने योजना छ ।

त्यस्तै, डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण मन्त्रालयले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोहि बजेटबाट मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया समेत अघि बढेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेङ्गु नियन्त्रणको लागि हेटौडामा ‘खोज र नस्ट गर’ अभियान सुरु
Next article ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web