• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ विरुद्घको एसिया प्यासिफिक सम्मेलन इन्डोनेसियाको बोगोरमा

September 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ विरुद्घको  एसिया प्यासिफिक सम्मेलन इन्डोनेसियाको बोगोरमा

पदमराज जोशी,

बोगोर, इन्डोनेसिया ७ असोज:  सुर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्घ एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘अलाइन्स एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एन्ड नन्कम्युनिकेबल डिजिज’ एपी क्याटको चौथो सम्मेलन सेप्टेम्बर २५ देखि इन्डोनेसियाको बोगोरमा सुरु हँुदैछ । एपी क्याटका नामले चिनिने यो सम्मेलनमा विश्व फोक्सो दिवसको अवसर पारेर सेप्टेम्बर २५ देखि सुरु हुन लागेको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

इन्डोनेसियाको स्वास्थ्य मन्त्रालय, एपी क्याट, द युनियन, ‘इन्टरनेसनल युनियन अगेनेस्ट टीबी एन्ड लङ डिजिज’ र बोगोर सिटीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यान्मारलगायत १२ देशका सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ लागिरहेका नेता र अभियन्ताहरूले भाग लिँदै छन् । सम्मेलनमा भाग लिने अधिकांश सहभागीहरू बोगोर पुगिसकेका छन् । एपी क्याटका सहअध्यक्ष एवं बोगोरका मेयर डा बिमा अर्या सुगार्तोले सम्मेलनमा १२ देशका ४० नगरका करिव ३ सय भन्दा बढी सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घको अभियानमा संलग्न एसिया प्यासिफिक क्षेत्रका सांसद, मेयर, स्थानीय नेता, सरकारी अधिकारी, अभियन्ता र पत्रकारहरूले भाग लिने जानकारी दिएका छन् ।

सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ एकजुट भएर स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यका साथ एसिया प्रशान्त क्षेत्रका नगरहरूको ‘अलाइन्स’ एपी क्याटको स्थापना सन् २०१६ मा भएको हो । हरेक वर्ष एपी क्याटको सम्मेलन विभिन्न नगरहरूमा हँुदै आइरहेको छ । इन्डोनेसियाको बोगोर सिटीले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनलाई दण्डनीय बनाएको र यससम्बन्धी विज्ञापन प्रकाशन प्रसारणमा रोक लगाएर उत्कृष्ट कार्य गरेकाले यस पटकको चौथो सम्मेलन बोगोरमा गर्न लागिएको आयोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट पूर्वस्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारी, प्रतिनिधि सभा महिला तथा समाज कल्याण समितिकी सभापति एवं सभासद् नीरुदेवी पाल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कानून साखाका उपसचिव पुस्कर नेपाल, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दसहितका अधिकारी र स्वास्थ्य पत्रकाररूले भाग लिँँदैछन् । सम्मेलनमा सांसद, मेयरहरू, स्थानीय नेता, अभियन्ता, सञ्चारकर्मी र सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घको अभियानमा भएका प्रगति, आफ्ना अनुभव आदानप्रदान र यसविरुद्घ बनेका कानुन कार्यान्वयनका लागि सरकारलाई दबाब दिने र समाधान खोज्ने विषयमा व्यापक छलफल हुने द युनियन एसिया प्यासिफिकका उपक्षेत्रीय निर्देशक डा.तारासिंह बमले जानकारी दिएका छन् । सम्मेलनलाई बढी प्रभावकारी बनाउन छलफल र अन्तरक्रियालाई बढी महत्व दिइने डा.बमले प्रष्ठ पारेका छन । पछिल्ला वर्षहरुमा नसर्ने रोगहरुको संक्रमण बढ्दै जानुको प्रमुख कारक तत्वको रुपमा सूर्तिजन्य पदार्थको सेवन भएकाले यसको उत्पादन, उपभोग र बिक्री बितरणमा रोक लगाउनु पर्ने एपी क्याटले बताउदै आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौँ मेडिकल कलेजमा एक महिलाले जन्माइन् चम्ल्याहा शिशु
Next article एमबीबीएस प्रवेश परीक्षामा अन्सारी र मण्डलले ल्याए सर्वोत्कृट अंक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133756
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web