• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कोरोनाबाट बच्न यसकारण जरुरी छ, साबुन पानीले हातधुनु

April 19th, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाबाट बच्न यसकारण जरुरी छ, साबुन पानीले हातधुनु

शालिकराम धिताल,
बिश्व महामारीको रुपमा फैलिएको नोबेल कोभिट १९ (कोरोना भाइरस रोग) सन् १९१८ को एचवानएनवान भाइरस (स्पेनिस फ्लू) पछिकोे ठुलो महामारी हो । सन् २००२ मासार्स र २०१२ मा देखिएको मर्स पनि महामारीकै रुपमा फैलिएको फ्लू, जसले धेरै मानिसहरुको ज्यान समेत लिएको थियो । यो बर्ष देखिएको नोभेल कोभिड १९ कोरोना भाइरस संक्रमण चिनको उहान प्रदेशबाट डिसेम्बर २०१९ देखि शुरु भएको हो । नोभेल कोभिड १९ कोरोना भाइरस स्वासप्रस्वास र व्यक्ति गत सम्पर्कबाट एक संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्ने सरुवा रोग हो र हाल सम्पूर्ण बिश्व यसै रोगले भयाबह छ । बिश्व स्वास्थ्य संगठनले यो रोगलाई ११ मार्च २०२० का दिन बिश्व महामारीको रुपमा घोषणा गरिसकेकोछ र अधिकांश मुलुकहरु लकडाउन (एक प्रकारको कफ्र्यु) मा छ, जसले सामाजिक दुरीलाई सफल पार्न सहयोग गरेको छ । यो रोगबाट १९ अप्रिल २०२० सम्म विश्वमा २३ लाख भन्दा बढी संक्रमित र १ लाख ६० हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । सबैभन्दा बढी प्रभावित भएका देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, युके,चाइना र इरान देशहरु उच्च स्थानमा छन्। । नेपालमा भने यो रोग १३ जनबरी २०२० मा चाइना बाट नेपाल आउनु भएका १ जना पूरुषमा पहिलो पटक देखिएको थियो । १९ अप्रिल २०२० सम्म नेपालमा ३१ जना ब्यक्तीहरु संक्रमित भएका छन । ति मध्ये ३ जना निको भएर घर फर्र्किसकेका छन ।
कोरोना भाइरसवाट संक्रमित व्यक्तिले खोक्दा वा हाच्यौ गर्दा मुखबाट निस्केका खकार र थुकका छिटाहरु सतहमा पर्छन र यदि उक्त सतहमा हातले छोएपछि हातहरुले भाइरस लिन्छ र ती हातहरुले अनुहार, मुख, नाक,र आँखाहरु छोएमा भाइरस घाँटी र स्वरयन्त्र कोर्ने कोषहरूको सम्पर्कमा आउँछन । कोरोना भाइरस औषत १२० न्यानो मीटरको हुन्छ । यो भाइरस बाहिरी बातावरण र जीवित प्राणीभित्र रहन सक्छ । कुनै पनि सजिब बस्तु जस्तै मानिस, जनावर वा ब्याक्टेरिया समेतमा यो भाइरस प्रवेश गर्यो भने यसको वृद्धि गुणात्मक रुपमा हुने गर्छ ।
अहिलेसम्मको बैज्ञानिक अध्ययनहरुको आधारमा कोरोना भाइरस बाहिरी सतहमा पाइने वा रहेको प्लास्टिक,स्टील,तामा र कार्डबोर्डहरुमा केहि घण्टासम्म रहनसक्छ । प्लास्टिक र स्टीलमा यो भाइरस ७२ घण्टासम्म रहन सक्छ भने कार्डबोर्डमा २४ घण्टासम्म रहन सक्छ । त्यस्तै, तामामा करिब ४ घण्टा सम्म रहन सक्छ । केहि अध्ययनहरुले यो भाइरस हावामा समेत रहन सक्छ भनि दाबी गरेका छन । तर, यो भाइरसको बारेमा अझै बैज्ञानिक अध्ययन र अनुसन्धान जारी नै छ । थप बास्तबिकताहरु प्रमाणित गर्न अझै बाँकि नै छ ।
कोरोना भाइरस मानिसको हातहरुमा सजिलै बस्न सक्छ । यस भाइरसको सतहमा प्रोटीन हुन्छ जुन त्यो रिसेप्टरमा लक हुन्छ र यसको आरएनए सेलमा स्लिप हुन्छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु मध्ये साबुन पानीले हातधुने एक उत्तम उपाय साबित भएकोछ । साबुन पानीले मिचीमिची हातधुनु सस्तो र अति उत्तम उपाय हो । यदि साबुन पानीले कम्तिमा पनि २० सेकेन्ड जति हातहरु मिचीमिची धोएमा साबुनले भाइरसको फ्याट झिल्लीलाई भंग गर्दछ र भाइरस मर्छ ।
अहिलेसम्मको अध्ययन र अनुसन्धानले नेपालको सन्दर्भमा कुरा गर्दा हातधुने दर अतिनै कमजोर छ । मुलत मानिसहरुले दिसा गरिसकेपछि र खाना खानु आगाडि हात धुने गरेको देखिन्छ । यो अभ्यास आफैमा राम्रो हो तर यतिले मात्र पुग्दैन । बिश्व स्वास्थ्य संगठनले र अन्य विभिन्न प्रमाणहरुको आधारमा अन्य जोखिमको अवस्थाहरु जस्तै कुनैपनि फोहोर चिज छोईसकेपछि, बच्चाको दिसा बिसर्जन गरेपछि, बच्चालाई खाना खुवाई सकेपछि, स्तनपान गराउनु आगाडि साबुन पानीले हात धुनुपर्छ र संक्रमणबाट रोक्न सकिन्छ भन्ने कुरा स्पस्ट छ तर अधिकांस मानिसहरु यो कुरा ख्याल राख्दैनन ।
अहिलेको यो कोरोनाको महामारीमा हरेक व्यक्तिले आफ्नै सक्रियतामा आफ्नो हात साबुन पानीले धुने कुरालाई बढी महत्व दिनु अति आवश्यक छ । यो हातधुने अभ्यासलाई कुन अवस्थामा हात धुने भनेर पर्खेर बस्ने होइन । साबुन पानीले हात धुने अभ्यासलाई नियमित बानीको रुपमा विकास गर्नु पर्छ । कुनै पनि चिज छोईसकेपछि र अर्को व्यक्तिको सम्पर्कमा जानु आगाडि अनिबार्य हात धोएर मात्र उक्त व्यक्तिको सम्पर्कमा जाने बानीको विकास गर्नु पर्छ । कुनै पनि स्थानमा प्रवेश गर्नु आगाडि पहिलो काम भनेको साबुन पानीले हात धुनु नै हो ।
अस्ट्रेलियाको यूनिभर्सिटी अफ न्यू साउथ वेल्सका मेडिकल विद्यार्थीहरुमा गरिएको एक अध्ययनले १ घन्टामा करिब २३ पटकसम्म आफ्ना हात अनुहारमा लिने गरेको पाईएको छ ।
चित्र : १ अनुहारका विभिन्न अंगहरुमा प्रति घन्टा हातले छुने दर

यो कुनै जानीजानी गरेको व्यवहार होइन, मानिसले थाहा नै नपाएर आफ्ना हात बारम्बार अनुहारतिर लिने गर्दो रहेछ त्यसैले कोरोना भाइरस रोगको महामारीको संक्रमणबाट बच्न आफ्ना हातलाई बारम्बार साबुन पानीले धुनुको विकल्प छैन । सायद कोरोनाको डर र त्रासले होला आज बिश्वका सबै जसो मानिसहरुले साबुन पानीले हात धुने व्यवहार अबलम्बन गरेको पाइन्छ । जुन अभ्यास अहिलेको समस्याबाट मात्र मुक्त हुन नभई अबबाट यस्तो कार्य नियमित रुपमा यसै गरी दिगोरूपमा अबलम्बन गर्नु अनिवार्य छ । यस किसिमको अभ्यासका लागि सरकार, समाज र परिवारको सहयोगले साबुन पानीले हातधुने अनुकुल वातावरणको सिर्जना गर्नु आवश्यक हुन्छ ।
चित्र: २ साबुन पानीले हात धोएको अवस्था


कोरोनाको संक्रमण बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन साबुन पानीले मिचीमिची हात धुने कार्यका अलावा तलका उपायहरु अनिबार्य अपनाउनु पर्छ ।
१.खोक्दा वा हाछ्यौगर्दा आफ्नो कुइनाले छोप्ने वा कपडा वा टिस्युपेपरले छोप्ने ।
२.हातले आफ्नो आँखा, नाक र मुख नछुने ।
३.आफु बस्ने कोठा तथा घरको सतह, कुर्ची, टेबुल आदिलाई बारम्बार सफा गर्ने ।
४.आफुले प्रयोग गर्ने मोबाइल फोन, कम्प्युटर, पर्स आदिलाई बारम्बार सफा गर्ने ।
५.आफुबस्ने कोठाको झ्यालहरु खोलेर बाहिरको हावा आवत जावत गर्ने गरि राख्ने ।
६.सामाजिक दुरी डेढ मिटर भन्दा बढी कायम राख्ने ।
७.अनाबस्यक रुपमा बाहिर ननिस्कने ।
८.रुघाखोकीको लक्षण देखिएमा वा ज्वरो आउने वा शरीर दुख्ने भएमा अलग्गै बस्ने र तुरुन्त नजिकको स्वास्थ्य सस्थामा अथबा स्वास्थ्य कर्मीसंग सम्पर्क गर्ने ।
साबुन पानीले हातधुने कार्यलाई एउटा नियमित बानीको रुपमा लिएर हातधुने कामलाई प्रथम र महत्वपुर्ण कर्तब्य ठानेर सबैले प्राथमिकताका साथ अबलम्बन गर्नु कोरोना संक्रमनबाट बच्न अति जरुरी छ । हातधुने आभ्यासलाई अल्छिको रुपमा कुनै पनि हालतमा लिनुहुदैन । हातधुने कार्यलाई समस्या आउदा मात्र धुने र आफ्नै हात त हुन अनि बाहिरबाट हेर्दा सफा जस्तै देखिन्छन भनेर लापरवाही गर्न हुदैहुदैन । कोरोना जस्ता संक्रमित रोगहरुबाट बच्न सबै भन्दा उत्तम उपाय साबुन पानीले हात धुनु हो । यो कार्यको लागि हरेक व्यक्ति आफै सक्रियतामा हातधुने र रोगसर्ने दर घटाउने तर्फ लाग्नुपर्छ । जबसम्म व्यक्ति आफै सुसुचित हुदैन र साबुन पानीको प्रयोग गरेर आफ्नो हातहरु नियमितरुपमा धुने बानि बसाल्दैन तबसम्म संक्रमनको समस्या रहिरहन्छ । समुदायमा एकले अर्कोलाई साबुन पानीले हात धुदा कोरोना सर्न र रोक्न टेवा पुग्छ । हरेक नागरिक सचेत भए मात्र पूर्णरुपले साबुन पानीले हातधुने अभियान सफल हुन्छ । नेपालमा साबुन पानीले हात धुने नीति नभएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सम्बन्धित निकायले त्यतातिर पनि ध्यान दिनु जरुरी छ । यो महामारीलाइ निर्मुल पार्न मुल त रोकथाम, बिरामी जांच र पहिचान,प्रतिक्रिया,उचित वातावरण सिर्जना गर्ने र स्वास्थ्य शिक्षा, सूचना तथा संचार र उपचारात्मक कार्यकोलागि पूर्ण तयारी अवस्थामा रही सेवा प्रदान गर्नुपर्छ । यसकोलागि सबै नागरिक एक साथ लागि सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउनु पर्छ ।
(हाल युनिभर्सिटी अफ न्युक्यासल अस्ट्रेलियामा सरसफाई तथा साबुन पानीले हात धुने बिषयमा पीएचडी चौथोबर्षमा अध्ययनरत धिताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्दका स्वास्थ्य शिक्षा अधिकृत हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बागलुङकी ६५ वर्षीय महिलाले पनि जितिन कोराना, आजै अस्पतालबाट डिस्चार्ज
Next article कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web