• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव कोइरालाको ३ महिना नबित्दै सरुवा, नयाँ स्वास्थ्य सचिवको जिम्मेवारी अर्याललाई

May 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव कोइरालाको  ३ महिना नबित्दै सरुवा, नयाँ स्वास्थ्य सचिवको जिम्मेवारी अर्याललाई

हेल्थ टुडे,
काठमाडौं, १५ जेठ : सरकारले ३ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गरेको छ । कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाइएको छ । पछिल्लो मन्त्रीपरिषद्ले कोइराला र अर्यालको सरुवा गरेको हो । कोइरालाले गत फागुन ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । कोरोना महामारीको सामना गरिरहेको बेला त्यसको रोकथाम, नियन्त्रण र उपचारमा प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवलाई बिचमै सरुवा गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छोटो समयमा सचिव सरुवा गर्दा मन्त्रालय मातहतको कर्मचारीतन्त्र अस्थिर हुने विज्ञहरुले बताएका छन । आफ्नो सरुवा भएको सुनेको भए पनि बिहीबार मध्यान्हसम्म सरुवाको पत्र पाइनसकेको बताए । उनले भने, ‘म अहिले स्वास्थ्य मन्त्रालयमै छु । सरुवाको कुरा बाहिरबाट सुनेको छु । पत्र पाइसकेको छैन । ’ ३ महिना नबित्दै आफूलाई सरुवा गरेको प्रति सचिव कोइरालाले असंतुष्टि जनाएका छन । यसरी ३ महिना समेत नबित्दै सरुवा गर्नु कर्मचारीलाई जिस्क्याएको जस्तो भएको उनले प्रतिकृया दिए । केही समय पहिले सचिव कोइरालाले एक टेलिभिजन कार्यक्रममा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विज्ञ डा. शेरबहादुर पुनका विरुद्ध तल्लो स्तरको शब्द प्रयोग गरेका थिए । १८ बर्षदेखि करारमा रहेको डा. पुनलाई आफूले करार थप नगरेर जागिरबाट हटाइदिनसक्ने बताएका थिए । त्यसको नेपाल चिकित्सक संघ लगायत चिकित्सा क्षेत्रले बिरोध गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट
Next article दि युनियनको अबको अभियान, ‘ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट ’ बन्देज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web