हेल्थ टुडे,
काठमाडौँ, १० माघ : चिनियाँ कम्पनी सिनोफार्मका प्रतिनिधिले कोभिडविरुद्धको खोपको नेपालमा आपत्कालीन उपयोगका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिएका छन ।
औषधि व्यवस्था विभागले आपत्कालीन उपयोगको अनुमतिका लागि आवश्यक पर्ने अपुग कागजातबारे चिनियाँ पदाधिकारीलाई जानकारी दिएको छ । औषधि व्यवस्था विभागले मुख्य रूपमा तेस्रो चरणको क्लिनिकल ट्रायलको तथ्यांकलगायतका बारेमा आधिकारिक दस्ताबेज पेस गर्न सिनोफार्मलाई भनेको छ ।
सिनोफार्मका तर्फबाट नेपालमा खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिएको छ । नेपालले हालसम्म सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोपलाई मात्र आपत्कालीन उपयोगको ससर्त अनुमति प्रदान गरेको छ ।
Leave a Reply