• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपणका लागि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भरपर्दो संस्था भइसक्यो : स्वास्थ्य मन्त्री बस्नेत

August 13th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपणका लागि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भरपर्दो संस्था भइसक्यो : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, २८ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानव अंग प्रत्यारोपणका लागि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भरपर्दो सरकारी संस्थाको रुपमा स्थापित भएको बताएका छन् । विश्व अंगदान दिवसको अवसरमा आईतबार राजधानीमा लिभर फाउण्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूलाई भरपर्दो संस्थाको रुपमा स्थापित गरिसकेको दाबी गर्दै कलेजो प्रत्यारोपणको गति पनि बढाउनु पर्ने बताएका हुन । केन्द्रले हालसम्म ११ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्नु आफैमा ठूलो उपलब्धी भएको बताउदै मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपण नि:शुल्क गरे जस्तै कलेजो प्रत्यारोपण सेवा पनि राज्यले नि:शुल्क गर्नु पर्ने आवश्यकता रहेको बताए । मन्त्री बस्नेतले भने, ‘कलेजो प्रत्यारोपणको लागि पनि राज्यले सक्दो लगानी गर्छ । स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको लागि सुरुवाती खर्च मैले जहाँबाट पनि व्यवस्था गर्छु । ’
मन्त्री बस्नेतले कलेजो रोगको उपचार सहज बनाउन वीर अस्पतालमा परामर्श केन्द्र स्थापना गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतलाई निर्देशन दिए । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा नपाएर मृत्युबरण गर्ने अवस्था आउन नदिन आफू लागेको बताउदै मन्त्री बस्नेतले वीर अस्पतालबाट जनरल वार्ड नि:शुल्क गर्ने अभियान देशका सबै संघीय अस्पतालहरुका साडे ३ हजार बेड हुदै अहिले मधेश प्रदेश र बागमती प्रदेशले पनि आफ्ना अस्पतालका जनरल बेड विपन्नका लागि नि:शुल्क गरिसकेको जानकारी दिए । सरकारी अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीर अस्पतालको सेवामा सुधार भएको दावी गरे । कलेजो बिग्रने मुख्य कारण मदिरा जन्य पदार्थको सेवन भएकोले त्यसको सेवनमा कमि ल्याउन बिभिन्न अभियान चलाउनु पर्ने आवश्यकतामाथि मन्त्री बस्नेतले जोड दिए ।
पूर्व सभामुख तारानाथ रानाभाटले स्वास्थ्य मन्त्रालयले आटिलो नेतृत्व पाएको बताउदै मोहन बस्नेत आटेपछि पार लगाएर छोड्ने नेता भएकाले मुलुकको स्वास्थ्य क्षेत्रको सुधार उनकै पालामा संभव हुने दावी गरे ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले मिर्गौला प्रत्यारोपण र कलेजो प्रत्यारोपणका क्षेत्रमा शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले एतिहासिक काम गरेको बताउदै कलेजो प्रत्यारोपणको संख्या पनि बढाउदै लैजानु पर्ने आवश्यकता ओल्याए । कलेजोका विरामीको संख्या वीरमा पनि पछिल्ला वर्षमा बढीरहेको जानकारी गराउदै डा. बस्नेतले गत बर्षमात्र वीरमा १० हजार कलेजोका विरामीले ओपिडी सेवा लिएको र १५ सय भर्ना भएर उपचार गराएको बताए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपणका क्षेत्रमा नेपालले अन्य विकसित देशहरुको तुलनामा धेरै प्रगति गरेको दावी गरे । उनले भने, ‘केन्द्रले ११ वर्षको अवधिमा ११ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्नु र नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेर अहिलेसम्म ११ वटा कलेजो प्रत्यारोपण गर्नु चानचुने कुरा होइन । ’ केन्द्रले मस्तिष्क मृत्यु भएका ५ जना व्यक्तिबाट अंग झिकेर १० जनाको मिर्गौला प्रत्यारोपण र ३ जनाको कलेजो प्रत्यारोपण गरेको जानकारी दिदै डा. श्रेष्ठले जनचेतनाको अभावमा सोचे जति मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न नसकिएको बताए । कार्यक्रममा लिभर फाउण्डेसन नेपालका संस्थापक उमेश जंग राइमाझीले नेपालमा कलेजो रोगका विरामीको संख्या हरेक दिन बढी रहेको बताउदै छुट्टै कलेजो अस्पताल स्थापनाको आवश्यकता रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान
Next article स्वास्थ्य मन्त्री बस्नेतका १०० दिन, यी हुन् १०० दिनमा गरेका १०७ काम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134278
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

43
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web