• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 29th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पुकारको नेतृत्वमा नेपालमा पहिलो पटक ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण

January 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पुकारको नेतृत्वमा नेपालमा पहिलो पटक ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
भक्तपुर, २७ माघ : शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ कलेजो तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेपाल मै पहिलो पटक हेपाटोव्लास्टोमा भएको ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ ।
कलेजो प्रत्यारोपणमा महत्वपूर्ण सफलता हासिल गरेको केन्द्रले हाल सम्म १७ जनाको कलेजो प्रत्यारोपण गरि सकेको छ । यति मात्र नभइ शुक्रवार को प्रत्यारोपण सहित केन्द्रमा ४ दिन निरन्तर ४ वटा कलेजो प्रत्यारोपण गरिने तयारी समेत छ । वीरगन्ज, पर्साका उक्त ३ वर्षीय बालक लाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
ती बालकलाई कलेजो को क्यान्सर (हेपाटोव्लास्टोमा) भएको ले नयाँ कलेजो प्रत्यारोपण गरेर ज्यान जोगाइएको हो । ‘ससाना बच्चा को प्रत्यारोपण ठूला व्यक्तिको दाँजोमा केही फरक हुन्छ’, डा.पुकारले भने ‘उनीहरूको शरीरको अंग, नशाको आकार लगायतका सबै फरक हुने भएकोले ठूलो व्यक्तिको दाँजोमा जटिल नै हुने गरेको छ । ’, केन्द्रले मिर्गौला प्रत्यारोपणमा पनि उल्लेख्य प्रगति हासिल गर्दै आइरहेको छ । स्थान अभावमा केन्द्रले आफ्नो क्षमता अनुसार सेवा विस्तार गर्न सकेको छैन । सरकारले केन्द्रलाई ५०० शैयाको अस्पताल बिस्तार गर्न निर्णय गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी
Next article चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संघर्षमय कथा : मेरो पढाइकालागि बुवाको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131543
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web