हेल्थ टुडे,
काठमाडौं, ४ कात्तिक : स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा.महेन्द्रबहादुर बिष्टको शनिबार निधन भएको छ । डा. विष्टको पशुपति आर्यघाटका शनिबार नै अन्तिम दाहसंस्कार सम्पन्न भएको छ । ७५ वर्षिय डा. विष्ट लामो समयदेखि विरामी थिए । डा. विष्टकी भान्जी अमुसिंह सिंजापतिका अनुसार उनलाई एक वर्षपहिले ब्रेन ह्याम्रेज भएको थियो । दशैका बेलामात्र डा. विष्टलाई अस्पतालबाट घर ल्याइएको थियो । १० वर्ष पहिले सरकारी स्वास्थ्य सेवाबाट अवकास पाएका विष्टले मेडिकल अफिसरबाट स्वास्थ्य सेवा सुरु गरेर निर्देशक, क्षेत्रिय निर्देशक हुदै स्वास्थ्य सेवा विभागको महानिर्देशक भएर सेवा गरेका थिए । डा. विष्टका दुई छोरा र श्रीमति छन् ।
Leave a Reply