• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

September 16th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

हेल्थ टुडे,

काठमाडौँ, ३१ भदौ : यो वर्ष दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला नगरिने भएको छ । देशको विषम परिस्थितिले बुकिङ खुल्ला नगरेपनि यात्रुलाई टिकट र बस अभाव हुन नदिने यातायात व्यवसायीहरूको भनाई छ ।
यात्रुले दसैंमा घर जानका लागि अहिलेबाट नै टिकट बुकिङ गर्न सक्ने छन् । केही दिनयता मात्र गोंगबुस्थित नयाँ बसपार्कबाट ५० हजार बढी यात्रु बाहिरिसकेको दाबी व्यवसायीको छ । अहिले क्याम्पस बन्द भएकाले पनि उपत्यका छाडेर पूर्व–पश्चिम जाने यात्रुको चाप बढेको छ ।
दसैंकालागि भनेर अग्रिम टिकट बुकिङ खोल्नुपर्ने अवस्था अहिले नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए । ‘अहिले नै धेरै यात्रु बाहिरिसकेका छन्, गोंगबु बसपार्कबाट दसैंकालागि करिब ५० हजार यात्रु बाहिरिएका छन्,’ उनले भने,‘ त्यसैले छुट्टै विशेष खालको काउन्टर खोल्न जरुरी देखिएन ।’टिकट पाइँदैन भनेर भिड गरेर जानुपर्ने अवस्था नहुने उनको दाबी छ । ‘दसैंकालागि जुन दिन घर जाने हो, त्यसको दुई÷तीन अघि टिकट लिँदा हुन्छ,’ उनले भने, ‘उपत्यका बाहिर रहेका गाडीहरू आउने क्रममा छन् ।’ सडकलाई सहज बनाउने र धेरै भन्दा धेरै गाडी काठमाडौंमा उपलब्ध गराएर यात्रुलाई घरसम्म पु¥याउने व्यवस्था गरिने उनको भनाइ छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने लगायत विषयमा मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायको उपस्थितिमा छलफल भएको थियो ।
छलफलमा मुख्य रूपमा सडक सुरक्षाको कुरा उठेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘नारायणगढ–बुटवल सडक अन्तर्गत दाउन्नेमा फेरि समस्या आउन थालेको छ,’ उनले भने, ‘केही दिनयता पानी रहेकाले देशका विभिन्न ठाउँ जोड्ने सडक बिग्रिएका छन्, दसैंमा यात्रु लिएर जाने गाडी बाटोका कारण कहीँकतै फस्ने र लामो समय रोकिने वातावरण बन्नु भएन ।’
उनका अनुसार यसरी यात्रु पु¥याएर पुनः उक्त गाडी यात्रु लिन काठमाडौं आउनुपर्ने हुन्छ । ‘अहिले नै दसैंको फूलपातीको दिन जस्तो यात्रुको चाप नयाँ बसपार्कमा छ, फेरि प्रदर्शनका क्रममा सुरक्षा पोस्टहरू ध्वस्त छन्,’ उनले भने, ‘यात्रु र चालकलाई सुरक्षाको प्रत्याभूति दिनु पर्छ,सहज रूपमा सवारी साधन चल्ने वातावरण सरकारले बनाउनु पर्छ ।’
देशको अहिलेको अवस्थाले गर्दा यो पटक अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भनेर निर्णय नगरिएपनि दसैंका बेला दुई÷तीन दिनको अवधिमा काठमाडौं आएका गाडीको संख्याका आधारमा टिकट बुकिङ लिँदै जाने व्यवस्था गरिने उनको भनाई छ । ‘अहिले मुलुकको अवस्था कस्तो छ, सबैलाई थाहा छ, कसैले ठग्ने काम नगरौं, तोकिएको भाडा लिएर मात्र यात्रु बोकौं, तोकिएको भन्दा बढी लिने काम नगरौं,’ उनले भने, ‘यातायात व्यवस्था विभागले कहाँको कति भाडादर हो ? भन्ने सूचीसहितको लिस्ट टिकट काउन्टरमा देखिनेगरी राखिदिनु पर्छ ।’ घटस्थापनाबाटै देशभर चल्न मिल्नेगरी गाडीहरूका लागि रुट परमिट खुल्ला गर्ने निर्णय विभागले गरेको छ । उक्त निर्णय अनुसार कुनैपनि गाडीले देशभर जुनसुकै ठाउँमा यात्रु बोकेर जान पाउने छन् । रुट परमिट असोज २१ गतेसम्मका लागि खोल्ने निर्णय भएको सिटौलाले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा
Next article मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132660
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web