• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

November 21st, 2025 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्मरण शक्ति बलियो बनाउछ ओखरले

हेल्थ टुडे,
काठमाडौं,५ मंसिर : ओखर खानाले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रगत नलीलाई झन् बढी लचिलो बनाउँछ र शरीरमा रक्तसञ्चार सहज भई मुटुमा बढी दबाब पर्दैन । ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्ने हुँदा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर विस्तारै समाप्त हुन्छ । जसले गर्दा मुटुलाई रक्त सञ्चारका लागि बढी मेहनत गर्नु पर्दैन ।
एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ । मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त हुने एकमात्र फल ओखर हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आयरन, क्याल्सियम र एन्टिअक्सिडेन्टलगायतका प्रशस्त प्राकृतिक खनिज हुन्छ । सेवन गरेको चार घण्टापछि नै ओखरको फाइदा मिल्छ । ओखरको सेवनले अस्थमा, अर्थराइटिस, छालाको समस्या, एक्जिमा र सोराइसिसजस्ता रोगबाट समेत बच्न सकिन्छ । ओखरको नियमित सेवनले मस्तिष्क तेज हुन्छ र स्मरण शक्ति बलियो हुन्छ । पोषकतत्वले भरिपूर्ण प्रोटिनको राम्रो स्रोत रहेको ओखर वर्षभरि नै पाइन्छ । ‘जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित एक अध्ययनअनुसार एउटा ओखर (२८.३५ ग्राम) मा १ सय ४६ क्यालोरी हुन्छ ।
ओखर खानाले मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुने अनुसन्धानहरूले देखाएका छन । पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र क्षमतामा ओखरको सेवनले सकारात्मक प्रभाव पार्छ ।
एक अध्ययन अनुसार दिनहुँ ७५ ग्राम ओखर सेवनले २१ देखि ३५ वर्ष उमेरसमूहका स्वस्थ पुरुषमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार देखिएको छ ।
यति मात्रै नभई ओखरका अन्य धेरै फाइदा छन् । ओखर सेवनले पाचनक्रियालाई राम्रो बनाउनुका साथै रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ र पेटसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । ओखरको नियमित सेवनले पेटमा भएका कीराबाट समेत मुक्ति पाइन्छ । ओखर भुटेर खानाले खोकीको समस्यामा समेत राहत पाइने आयुर्वेदमा उल्लेख छ । ओखर सेवनले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट बच्न पनि सहयोग पुग्छ । यसले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ  । रगत जम्नबाट रोक्न र डाइबिटिजबाट बच्न पनि ओखर सेवन लाभदायक हुन्छ ।
एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने
Next article नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132281
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web