• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

November 23rd, 2025 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

हेल्थ टुडे,काठमाडौँ, ६ मंसिर – नेपालमा पनि विश्व अकुपन्चर दिवस मनाइएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रमको सभामुख देवराज घिमिरेले उदघाटन गरेका हुन ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विश्व अकुपंचर दिवसको अवसरमा आयोजित कार्यक्रममा बैकल्पिक चिकित्सा सेवाका विविध पक्षहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन सुझाव दिएका छन्।

नेपाल अकुपंचर मोक्जिबुसन एण्ड एक्युप्रेसर एसोसिएसन र चाइनिज मेडिसिन डाक्टर्स सोसाइटी अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले अकुपंचर, मोक्जिबुसन र अकुप्रेसर सेवाहरू नेपालमा लोकप्रिय भइरहेको बताए।

एसोसिएसनका अध्यक्ष सुदर्शन बस्नेतले नेपालमा अकुपंचरप्रति जनविश्वास बढ्दै गएको जानकारी दिए। उनले आगामी वर्षहरूमा यस पद्धतिलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्ने योजना रहेको पनि बताए।

बस्नेतले अकुपंचरलाई पाँच हजार वर्ष पुरानो चीनको परम्परागत उपचार पद्धति भन्दै, शरीरका विशेष विन्दुहरू (अकुप्वाइन्ट्स) मा सियोले उपचार गर्ने यस पद्धति औषधिविहीन भएको व्याख्या गरे।

अकुपंचर विशेषज्ञहरूले क्यान्सर, संक्रमण वा हड्डी भाँचिएको अवस्था बाहेक अधिकांश रोगमा यस पद्धति प्रभावकारी रहेको बताएका छन्। पेट, आँखाको समस्या, हड्डी-जोर्नी, रक्तचाप लगायतका रोगमा यसको सफल प्रयोग भएको र विशेषगरी हड्डी, नसाका रोग तथा विभिन्न दुखाईमा अझ प्रभावकारी देखिएको बस्नेतले बताए।

कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका प्रमुख डा. प्रदीप केसी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा, स्वास्थ्य मन्त्रालयका पुष्पराज पौडेल लगायतले शुभकामना दिएका थिए।

चिनियाँ प्रतिनिधि तथा अकुपंचर विज्ञहरूले यस पद्धति प्रयोग र यसको महत्वबारे प्रस्तुति दिएका थिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति
Next article डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132677
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web